Salime Malika Krishi Farm

Awareness Campaign

सार्वजनिक स्थल अतिक्रमण गरेर राखेका सामाग्री हटाउन मुसिकोट-१ कार्यालयको १ हफ्ते अल्टिमेटम



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: सार्वजनिक स्थल अतिक्रमण गरेर निर्माणका सामाग्रीहरु नराख्न मुसिकोट नगरपालिका वडा नं १ वडा कार्यालयले अनुरोध गरेको छ।

वडा समितिको भाद्र २३ गते सम्पन्न बैठकको निर्णय बमोजिम सार्वजनिक स्थल र सडक अतिक्रमण गरेर सामाग्री नराख्न र त्यस्ता सामाग्रीहरु राखेको भए एकहप्ता भित्र हटाउन अनुरोध गर्दै नगरपालिकाले शुक्रवार एक सार्वजनिक सुचना जारी गरेको छ।

वडा अन्तरगत रहेका गोरेटोबाटो, मोटरबाटो तथा अन्य सार्वजनिक स्थलमा ढुंगा, गिट्टी, बालवा, काठपात, कवाडी सामाग्री लगायत अनाधिकृत तवरले सवारी साधन समेत पार्किङ गर्ने र जसले दुर्घटना निम्त्याउन सक्ने भएकाले यस्तो निणर्य गरिएको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

वडाध्यक्ष घिमिरेका अनुसार यदी त्यस्ता सामाग्री राखेको भए ७ दिनभित्र हटाउन आग्रह गरिएको र सुचनालाई बेवास्ता गरी सामाग्रीहरु नहटाएमा कानुनी कारबाही थाल्ने तैयारी वडाले गरेको छ।

वडा कार्यालयले घर,गोठ,मठ मन्दिर,भवन लगायतका अन्य संरचना निर्माणका लागि सडकको पहुँच नपुगेका कारण सार्वजनिक स्थानमा निर्माणका सामाग्री राख्नै पर्ने भए वडा कार्यालयको स्वीकृति लिएर राख्न पनि अनुरोध गरिएको छ। वडाको स्वीकृति लिएर केही समयको लागि भने भण्डारण गर्न पाउने व्यवस्था गरिएको वडाध्यक्ष घिमिरेले बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया