Hi-Speed Computer

Awareness Campaign

गुल्मी र पर्वत जोड्ने पक्की पुल अलपत्र, पुगेन कसैको ध्यान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गीताकुमारी बस्याल, गुल्मीः गुल्मी र पर्वत जोडने पक्की पुल निर्माणको कार्य लामो समय देखी अलपत्र परेको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका पुर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोडने गरी कालीगण्डकी नदिमा निर्माण गर्न लागिएको पक्की पुल लामो समयदेखी यसै अलपत्र परेको हो।

तत्कालिन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौ बीच २०७३ साल भदौ ३१ गते १४ करोड ६७ लाख ७६ हजार ५०९ रुपियाँ ११ पैसामा सम्झौता भएको थियो।

सम्झौता अनुसार सो निर्माण ब्यवसायीले २०७६ साल चैत ३० गते कार्यसम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको थियो ।

Forest
Forest
Ad.

अहिले सो सम्झौता भएको कार्यालय नै खारेज भएको छ भने तत्कालिन समयमा सो कार्यालयसंग सम्झौता भएका योजनाहरु हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको छ।

यता सो निर्माण कम्पनीका सम्पर्क ब्यक्ति सुरेन्द्र लम्सालले भुगोलका कारण समयमै काम सम्पन्न गर्न नसकेको बताउनुभएको छ । भुगोलका कारण निर्माण सामग्रीहरु निर्माण स्थलसम्म लैजान पनि समस्या भएको बताउँदै कालीगण्डकी नदिको वहाव बढने भएकाले वर्षको तीन महिना पनि काम गर्न नसकिएको उनको भनाई छ ।

पछिल्लो तोकिएको समय अवधिसम्म काम सक्ने गरी आफूहरुले योजना बनाएको उनको दाबी छ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी वीरेन्दप्रकाश तेलीले कालीगण्डकी पुलको निर्माण कार्यमा ढिलाइ भएको बताए । तोकिएको समयमा कार्य सम्पन्न हुन नसक्नुको कारण केहो त भन्ने प्रश्नमा उनले कालीगण्डकी नदिमा पानीको बहाव बढी हुने र एक वर्षमा करिव तीन महिना मात्र काम गर्न सकिने भएकाले समयमै काम सम्पन्न गर्न नसकिएको उनको तर्क छ।

Awareness by SKF

त्यसका साथै बीचमा कोभिड लगायतका समस्याले पनि निर्माण कार्यमा ढिलाइ भएको तेलीको भनाई छ।

सार्वजनिक खरिद नियमवालीको १२ संसोधन अनुसार २०८० साल असार मसान्त सम्म काम सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले सो समय अवधिसम्म कार्य सम्पन्न गर्नका लागि कार्यालयको तर्फबाट हरदम प्रयास गर्ने कार्यालयले जनाएको छ। -खबर मार्केट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया