Clean Water Campaign

Awareness Campaign

गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको २६ दिनमै सरुवा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत उपसचिव राकेश पाण्डेको २६ दिनमै सरुवा भएको हो।

यसअगाडी रहनुभएका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको सरुवा भएपछि श्रावण २४ गते उहाँ मुसिकोट नगरपालिका आउनुभएको थियो।

नगरपालिका आएको केही समयमै कर्मचारी व्यवस्थापन तथा जनप्रतिनिधिले अवैधानिक रुपमा खाईरहेको सेवा सुविधा समेत कटौती गर्न सफल पाण्डेको एक महिना नहुँदै सरुवा भएको हो। उहाँले छोटो समयमै उत्कृष्ट छवि बनाउनुभएको थियो।

Forest
Forest
Ad.

१ महिना नबित्दै सरुवा भएको विषयमा आफुलाइ जानकारी नभएको उपसचिव पाण्डेको भनाई छ। “के कति कारणले सरुवा भयो भन्ने बिषयमा म अहिलेसम्म अनविज्ञ नै छु पाण्डेले भने – औपचारिक रुपमा पत्र आएपछि थाहा होला।”

सोमबार सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५८ उपसचिवको सरुवा गरेको छ। उक्त सरुवामा पाण्डे पनि पर्नुभएको हो । उनको शिवराज नगरपालिका कपिलवस्तु सरुवा भएका छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया