Salime Malika Krishi Farm

Awareness Campaign

चन्द्रकोटमा दुग्धजन्य उत्पादनमा एकरुपता ल्याउने तयारी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

महेश बोहरा, गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिकाले त्रिपक्षीय छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न गरेको छ। चन्द्रकोट गाउँपालिका पुश शाखाको आयोजनामा दुग्ध उत्पादक कृषक, समुह तथा दुग्ध व्यवसायीहरुसंग छलफल गरिएको हो।

दुग्धजन्य पदार्थको बजार मुल्यमा एकरुपता ल्याई कृषक तथा व्यवसायीहरुको समस्या समाधानका लागी छलफल केन्द्रित भएको थियो। दुग्ध उत्पादक कृषक, समुह तथा दुग्ध व्यवसायीहरुको साझा सम्झदारीबाट नै दिगोपन निमार्ण गर्न सकिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो।

चन्द्रकोट गाउँपालिमा उत्पादित दुग्धजन्य पदार्थको मुल्य एकरुपता कायम राख्दै उचित मुल्य र स्वस्थ दुुग्ध पदार्थ वितरण गर्ने लक्ष्य राखिएको छ । चन्द्रकोट गाउँपालिकामा दुग्धजन्य पदार्थ उत्पादन गर्ने कृषक, समुह तथा ब्यवसायीहरुको हकहितका लागि दुग्ध उत्पादक कृषक समुह गठन भएको छ।

सिंचाई
Forest
Ad.

सोही कार्यक्रममा हरिबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यी कार्यसमित गठन भएको हो। यसले दुग्ध उत्पादनमा लागेका कृषक र बजार व्यवस्थापकको समस्या समाधान गर्नका निम्ति महत्वपूर्ण निकास निकाल्ने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो।

साथै उहाँले कृषकका लागी उत्पादनमा आधारित अनुदान दिनका लागी पनि मापदण्ड तयार हुने अपेक्षा राख्नुभएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसाल लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन गाउँपालिकाका सूचना अधिकृत शिवप्रसाद ज्ञवालीले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया