Salime Malika Krishi Farm

Awareness Campaign

एउटै परिवारका ३ जनाको हत्यामा संग्लग्न पक्राउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

खेम राज खनाल, उदयपुर: उदयपुरको बेलका नगरपालिका ७ गोवाटारका एउटै परिवारका ३ जनाको हत्या गरेको आरोपमा स्थानीय ४३ बर्षीय नर बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

गत सुक्रबार बिहान गोवाटार स्थित वाबिङ खोलामा स्थानीय ३७ बर्षीय राज कुमार बस्नेत, बस्नेतको ३३ बर्षीया श्रीमती सरिता बस्नेत र १२ बर्षीय छोरा सुजन बस्नेत समेत तीनै जनाको धारिलो हतियारको प्रहारबाट हत्या भएको अवस्थामा लाश फेला परेको थियो।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी उपरीक्षक सहितको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा नर बहादुर बस्नेतले उक्त घटना घटाई तत्काल घटनास्थलबाट फरार रहेको भन्ने खुल्न आए संगै तत्काल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोजतलासमा खटिएको प्रहरी टोलीले बस्नेतलाई बेलका नगरपालिका ६ बरबोटे स्थितबाट भाग्दै गरेको अवस्थामा घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको हो।

सिंचाई
Forest
Ad.

पक्राउ परेका बस्नेतको सम्मानित जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया