Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी १ मा कांग्रेसबाट चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: संघीय निर्वाचनका लागि नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर १ बाट डा. चन्द्र भण्डारी सहित चार जना नेताहरुलाई सिफारिस गरिएको छ।

सो पार्टीका जिल्ला उपसभापति अनन्त पौड्यालका अनुसार नेता भण्डारी, पारिश्वर ढकाल , योगराज कँडेल र भरत बस्नेतको नाम संघिय निर्वाचनको उमेदवारका लागि सिफारिस गरिएको हो।

प्रदेश ‘क’ का लागि सन्तोष गौतम, पृथ्वीबहादुर फौजदार, अमृत ज्ञवाली र तुल्सी पाण्डेको नाम सिफारिस गरिएको उपसभापति पौड्यालले बताए । त्यस्तै सोही क्षेत्रको प्रदेश ‘ख’ मा प्रदेश सदस्य उमेदवार श्रीप्रसाद भलामी, धनेन्द्र काकी र मुक्ती कँडेलको नाम सिफारिस गरिएको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै संघिय समानुपातिक सांसदका लागि झकबहादुर पुन, सुवर्ण ज्वारचन र भगवती काफ्ले भण्डारीको नाम सिफारिस गरिएको छ। प्रदेश क बाट प्रदेश समानुपातिक सांसदका लागि जगदिश भट्टराई, बिष्णु बलाल, रमेश भण्डारी, निर्मण सुवेदी आरती परियार, गंगादेवि भण्डारी, भगवती अर्याल सिफारिस भएका छन्।

प्रदेश ख मा मोती भण्डारी, झविन्द्र विश्वकर्मा, मिना राना, राधिका न्यौपाने, उर्मिला अर्याल गंगा पाण्डे नेपाली समानुपातिक उमेदवारका रुपमा सिफारिसमा परेको जनाईएको छ। सिफारिस गरिएका उमेदवारहरुलाई प्रदेश हुँदै केन्द्रले टुङ्गाउने नेता पौड्यालको भनाई छ। क्षेत्र नम्वर २ को लिष्ट तयार पार्ने क्रममा रहेको सो पार्टीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया