Awareness

गुल्मी १ मा कांग्रेसबाट चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस

खबर निर्वाचन-२०७९ राजनीतिका खबर

Place for ads

गुल्मी: संघीय निर्वाचनका लागि नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर १ बाट डा. चन्द्र भण्डारी सहित चार जना नेताहरुलाई सिफारिस गरिएको छ।

सो पार्टीका जिल्ला उपसभापति अनन्त पौड्यालका अनुसार नेता भण्डारी, पारिश्वर ढकाल , योगराज कँडेल र भरत बस्नेतको नाम संघिय निर्वाचनको उमेदवारका लागि सिफारिस गरिएको हो।

Get Vaccinated

प्रदेश ‘क’ का लागि सन्तोष गौतम, पृथ्वीबहादुर फौजदार, अमृत ज्ञवाली र तुल्सी पाण्डेको नाम सिफारिस गरिएको उपसभापति पौड्यालले बताए । त्यस्तै सोही क्षेत्रको प्रदेश ‘ख’ मा प्रदेश सदस्य उमेदवार श्रीप्रसाद भलामी, धनेन्द्र काकी र मुक्ती कँडेलको नाम सिफारिस गरिएको छ।

त्यस्तै संघिय समानुपातिक सांसदका लागि झकबहादुर पुन, सुवर्ण ज्वारचन र भगवती काफ्ले भण्डारीको नाम सिफारिस गरिएको छ। प्रदेश क बाट प्रदेश समानुपातिक सांसदका लागि जगदिश भट्टराई, बिष्णु बलाल, रमेश भण्डारी, निर्मण सुवेदी आरती परियार, गंगादेवि भण्डारी, भगवती अर्याल सिफारिस भएका छन्।

प्रदेश ख मा मोती भण्डारी, झविन्द्र विश्वकर्मा, मिना राना, राधिका न्यौपाने, उर्मिला अर्याल गंगा पाण्डे नेपाली समानुपातिक उमेदवारका रुपमा सिफारिसमा परेको जनाईएको छ। सिफारिस गरिएका उमेदवारहरुलाई प्रदेश हुँदै केन्द्रले टुङ्गाउने नेता पौड्यालको भनाई छ। क्षेत्र नम्वर २ को लिष्ट तयार पार्ने क्रममा रहेको सो पार्टीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *