Hi-Speed Computer

Awareness Campaign

निजामती कर्मचारी युनियन गुल्मीले मनायो ३३ औँ स्थापना दिवस



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ। युनियनले ३३ औं स्थापना दिवस शनिबार र आइतबार विभिन्न कार्यक्रम गरि मनाएको हो।

‘राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मूलमन्त्रसहित निजामती सेवामा रहेका युनियनकर्मीहरुले सत्यवती गाउँपालिकाको अस्लेवा रुद्रवेणीमा रहेको रामन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रममा शनिवार सामाग्री वितरण, दिवा खाना र निःशुल्क स्वास्थ्य परिक्षणको कार्यक्रम गरेका थिए । त्यस्तै युनियनकर्मीहरुले आइतबार जिल्ला सदरमुकाम तम्घासस्थित बालमन्दिरमा औपचारीक कार्यक्रम गरेका छन् ।

कर्यक्रममा युनियनकर्मीका सन्ततीमध्ये माध्यमिक शिक्षा परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउनेलाई निजामती शैक्षिक उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत युनियनकर्मी मेघप्रसाद पोखरेलका सुपुत्र बालकृष्ण पोखरेलले माध्यमिक शिक्षा परिक्षामा रेसुंगा माध्यमिक विद्यालयबाट ३.५४ जिपीए प्राप्त गरेकोमा पुरस्कार वितरण गरिएको थियो।

Forest
Forest
Ad.

त्यस्तै संस्थागत तर्फ गण्डकी बोडिङका रेसुंगा नगरपालिकाको १ नम्बर वडा कार्यालयमा कार्यरत युनियनकर्मी पार्वती भण्डारीका सुपुत्र प्रशस्त भण्डारी ३.८ जिपीए ल्याई सर्वोत्कृष्ट भएकोमा पुरस्कार प्रदान गरिएको थियो । उनीहरु दुवैलाई नगद २ हजार ५ सय पुरस्कारसहित सम्मान गरिएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डेले बताए।

कार्यक्रममा निजामती सेवाबाट अवकाश भएका युनियनकर्मीहरुलाई सम्मान गरिएको थियोे । नवआगन्तुक युनियनकर्मीलाई स्वागत गरिएको थियोे । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री, नेपाली काँग्रेस गुल्मीका सभापति तथा रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, अन्य युनियनकर्मी, नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भीमप्रसाद खनाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्याल लगायतले शुभकामना मनतब्य राखेका थिए।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति गुल्मीका अध्यक्ष मेघलाल पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उपाध्यक्ष खिमराज पोखरेलको स्वागत मन्तव्य तथा युनियनकर्मी डिबी थापाको संचालन रहेको थियो। नेपाली काँग्रेस निकट निजामती कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनको भदौ १९ स्थापना दिवस हो । सबै निजामती कर्मचारीहरुको सामहुहिक भदौ २२ मा नेजामती सेवा दिवस मनाइन्छ। -गुल्मी अपडेट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया