Salime Malika Krishi Farm

Awareness Campaign

चिनियाँ राष्ट्रपतिले ‘विप्लव’लाई भेट्न चाहेका छन्: नेकपा नेता बुढामगर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विनोद खनाल, बुटवल: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढामगरले चिनियाँ राष्ट्रपति सि जिङ पिङले नेकपाका महासचिव विप्लवसंग भेट्न खोजेको बताएका छन्।

चिनियाँ राष्ट्रपतिले महासचिवलाई भेट्न चाहे पनि परिस्थिति अनुकुल नभएकोले आफ्नो पार्टीको स्थिति र बदलिंदो राजनितिबारे छलफलका लागी पार्टी प्रवक्ता चीन गएको नेता बुढामगरले खुलासा गरेका हुन्।

शनिबार बुटवलमा पार्टीको रुपन्देही जिल्ला सम्मेलनमा बोल्दै नेता बुढामगरले अमेरिकाको योजनामा गठबन्धन सरकारले पार्टी नेतृत्वलाई पक्राउपुर्जी जारी गरेर द्वन्द्व निम्त्याउन खोजेकोले त्यसको प्रतिवाद गर्ने बताए । चीनलाई घेर्ने उद्देश्यले अमेरिकाले एमसीसी, एसपिपि लगायतका परियोजना नेपालमा लागू गर्न खोजेको र राष्ट्रवादी शक्तिलाई पक्राउ पुर्जी जारी गरिएको उनको भनाइ छ।

सिंचाई
Forest
Ad.

सो क्रममा सिघ्र मानसिकताले क्रान्ति नहुने बताउँदै उनले ‘सिघ्र मानसिकतामा क्रान्तिलाई बुझ्दा गलत ठाउँमा पुगिने बताए। उनले क्रान्तिको नियमलाई दर्होसंग पक्डेर अगाडि बढे क्रान्ति आफ्नै पालामा हुने ठोकुवा गरे।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रकाशन प्रचार विभाग प्रमुख प्रज्वलन, केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज कृती, केन्द्रीय सदस्य शरद वली, क्रान्तिकारी ट्रेडयुनियन महासंका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराई, उत्पिडित श्रमिक समुदाय कि केन्द्रीय कोषाध्यक्ष जानकी बराह, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य विष्णु क्षेत्री लगायले बोलेका थिए।

जिल्ला सेक्रेटरी विश्वासको अध्यक्षता एवं सचिवाल सदस्य नबिनको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत जिल्ला नेता जितबहादुर रसाईलिले गरेका थिए भने कार्यक्रममा संग्रामी सांस्कृतिक परिवारले विभिन्न गित तथा नृत्यहरु प्रस्तुत गरेको थियो।

छैठौं जिल्ला सम्मेलनले ‘विश्वास’ सेक्रेटरी रहेको २१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ। -सेतोमसी

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया