Awareness

बागलुङ-२ बाट प्रधानमन्त्री देउवापत्नी डा.आरजु राणा सिफारिस

खबर राजनीतिका खबर

Place for ads

बागलुङ: नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नम्बर २ बाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा सहित १० जनाको नाम सिफरिस गरेर पठाएको छ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को आज बसेको बैठकले डा. आरजु राण देउवा सहित नेपाली कांग्रेस सभापती जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवि प्रकाश भट्टचन, दोर्ण कुमार कुवर, नर बहादुर पुन निरज, राम प्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिंह बहादुर राणाको नाम सिफरिस गरिएको बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती जोकलाल बुढाले जानकारी दिनुभयो।

Get Vaccinated

बुढाका अनुसार बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस बलियो संगठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताउनुभयो।

क्षेत्र नं १ मा पूर्वराज्यमन्त्री चम्पादेवी खड्का, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलसहित १० जना आकांक्षी सिफारिस भएका छन्। सिफारिस हुनेमा प्रकाश शर्मा पौडेल, जगदीश चन्द्र उपाध्याय, दिपेन्द्र थापा, डिल्लीराम सुवेदी, किरणराज पौडेल, भीम श्रीष, चिरन्जीवी गौतम र लक्ष्मीदेवी जिसी छन्। समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको क्षेत्रीय सहसचिव गणेशप्रसाद लम्सालले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *