Awareness

Get Vaccinated

गुल्मीकी एक महिलालाई प्रेमीले ७ महिनाको गर्भवती बनाएर हत्या गरेको खुलासा



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीकी एक महिला रुपन्देहीको जंगलमा मृत फेला परेको झण्डै दुई बर्षपछि हत्या घटनाको रहस्य खुलेको छ।

जिल्लाको मालिका गाउँपालिका–४, साविक अर्खबाङ्ग गाविस-२ मुलाबारीकी ३५ बर्षीया वसन्ती भन्ने धनकुमारी अर्याल २०७७ माघ १० गते दिउँसो रुपन्देहीको एक जंगलमा रुखमा बाँधिएको अबस्थामा मृत फेला परेकी थिइन्।

उनलाई कपिलवस्तुको शिवराज नगरपालिका-७, जहभारीका उनकै प्रेमी ३६ बर्षीय काशिराम मुराउले गर्भवती बनाई हत्या गरेको ईलाका प्रहरी कार्यालय सालझण्डीले खुलासा गरेको हो ।

हत्या गरेदेखि नै फरार रहेका अभियुक्त मुराउलाई यहि साउन १६ गते पक्राउ गरि शुक्रबार सार्वाजानिक गरेको छ।

ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी प्रमुख जगन्नाथ मरासिनीका अनुसार मृतक त्यति बेला रुपन्देहीको सैनामैना नगरपालिका–३ मा बसोबास गर्थिन। उनको १५/१६ बर्षकै उमेरमा विवाह भएको र दुई छोरीकी आमा समेत थिईन । तर उनको श्रीमानसंग टाढिएर बसेको बेला लोडर डाईभर रहेका मुराउ संग २०७३ साल देखि प्रेम सम्बन्धमा बाँधिएकी थिईन।

सैनामैन नगरपालिका-११, शितलापुर फायरलाईनस्थित पूर्वपश्चिम राजमार्ग देखि दक्षिण करिव ८ सय मिटर दुरीर्मा रहेको शान्ति सामुदायिक वनको घना जंगलमा रुखको फेदमा बाँधिएको अवस्थामा उनको त्यति बेला वेवरिसे मृत शव फेला परेको थियो।

Awareness by SKF

२०७९ सालको असार मशान्त सम्म उक्त घटनाको फाईले समेत पेन्डिङ्गमा रहेको रउनका बारेमा अत्तोपत्तो केहि थाहा नभएको प्रहरी निरीक्षक मरासिनी बताउँछन्।

प्रहरीले घटनाका सम्वन्धमा मृतकका बाबु भक्तीराम अर्यालसंग सोधपुछ गर्दा प्रेमी मुराउले नै हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक मरासिनी बताउँछन् ।

उनी मृत्यु हुँदा ७ महिनाकी गभर्वती थिइन् । सुत्केरीमा खाने घिउ मगाइन मात्र सोधपुछका क्रममा २०७७ को चैत्र महिनामा आफु सुत्केरी हुने भएको हुँदा छोरीले घिउ र बेसार खोजेर पठाई दिन भनेको कुरा बाबुले प्रहरी संग बताए।

उनका नजिकका साथीहरुसंग सोधपुछ गर्दै जाँदा प्रेमी मुराउको आफुले गर्भधारण गरेको र कुनै दिन आफुलाई मार्न पनि सक्ने बताएको पनि प्रहरीले पत्ता लगायो।

प्रहरीलाई निजले दिएको बयान अनुसार प्रेमी मुराउले वसन्तीलाई गर्भवती बनाई सके पछि २०७७ बैशाखको अन्तिम सातातिर कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको बुड्डी भन्ने स्थानमा गोप्य रुपमा डेरा गरि राख्छन्।

त्यही क्रममा वसन्ती २०७७ , पुस महिनाको अन्तिमतिर बुटवल गएको बेला प्रेमी काशिराम बुटवलको फुलबारी सम्म लिन गई सालझण्डी सम्म बसमा सैगै लिएर आउँछन्।

सालझण्डीको एक होटलमा घरेलु मदिरा र दालमोट किनेर आफुलाई त्यहाँका मानिसहरुले चिन्न हुँदा हिड् भित्र बनमा बसेर पिउँदै रमाईलो गरेर बसौला भन्दै फकाएर लैजान्छन्।

दिउँसो करिव ३ बजेको समय भएकोले वसन्ती पनि निशंकोच संगै जान्छिन् । निजले घनघोर र सुनसान जंगलमा लगे पछि आफुले लगाएको गलबन्दीले घाँटी कसेर हत्या गर्छन।

शव नचिनिओस भन्ने हेतुले वसन्तीले लगाएको पहेलो सुईटरले मुख बेरेर नजिकैको रुखमा लगेर बाँध्छन र रक्सीको बोतल र वसन्तीका चप्पलहरु लगेर बाणगंगा नदिमा बगाई आफु त्यहाँबाट हिड्छन्।

प्रहरीले असार मशान्त सम्म बर्षभरका बेपत्ता महिलाहरुको सुचि पल्टाउने क्रममा वसन्तीको हत्या घटनाको अनुसन्धन थाल्दै उनका बाबु भक्तिराम अर्याल संग फेला परे नपरेको बारे सोधपुछ सुरु गर्यो।

तब मात्र हत्याकोः रहश्य खुल्नुका साथै अभियुक्तलाई विभिन्न स्थानमा खोजतलास गरि निरन्तर एक हप्ते अभियान नै चलाएर पक्राउ गरिएको प्रहरी निरीक्षक मरासिनी बताउँछन्।

अभियुक्तले वसन्तीलाई हत्या गरेको केहि दिन पछि वसन्ती हराएको र आफुले प्रहरीलाई निवेदन दिई सकेको बताउँदै प्रहरीमा जान नपर्ने बाबुलाई बताएका थिए।

घरमा श्रीमती तीन छोरी र एक छोराका बाबु रहेका मुराउ गाडी चलाउने क्रममा उनलाई केवल यौनदासी मात्रै बनाएको र गर्भवती भईसकेपछि घरमा थाह पाउने डरले हत्या गरेको बताईन्छ।

पूर्वपति संग हेलत्व सहन नसकेर बेग्लै बुटवलको मगरघाटमा डेरी गरि बसेकी वसन्तीलाई २०७३ सालदेखि ‘कान्छी’ बनाउँदै उनको जवनी लुट्दै आएका प्रेमी मुराउले अन्ततः उनको जिन्दगी नै लुट्न पुगे । निज प्रेमी मुराउले नै हत्या गरेको बाबु भक्तीरामले जाहेरी दिई पक्राउ गरी म्याद थप समेत गरिएको प्रहरी निरीक्षक मरासिनीले बताए।

उनका अनुुसार क्षत्विच्छेद अवस्थामा रहेको शव हातको ट्याटु, छोरीलाई चिनोका रुपमा दिएको हातको घडी र गलाको कालोमालाबाटा बावुले छोरीको पहिचान गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →