गुल्मी: नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ गुल्मी क्षेत्र नम्बर २ प्रदेश (क) बाट प्रत्यक्ष तर्फबाट प्रदेश सांसदका रुपमा नेपाली काङ्ग्रेसबाट सिफारिस भएका छन्।
मंसिर ४ मा हुन गईरहेकाे चुनावमा लागि उनी सिफारिस भएकाे नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश (क) का सभापति झविन्द्र अर्यालले बताए।
पूर्व नेपाली काङ्ग्रेस गुल्मीका सभापति समेत रहेका श्रेष्ठ नेपाली काङ्ग्रेसका कार्यक्रता बिच अत्यन्तै लोकप्रिय मानिन्छन्। सरल र सादगी जीवन जिउने श्रेष्ठ सदरमुकाम तम्घासकै भएपनि गुल्मीका विकट ठाउँमा समेत परिचित छन्। श्रेष्ठ नेपाली काङ्ग्रेसबाट सांसदका लागि सिफारिस भएपनि उनी गठबन्धनबाट उम्मेदवार बन्ने कांग्रेस गुल्मीले जनाएको छ। -सेतोमसीबाट
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |