Smoking Causes Cancer

बागलुङ-२ प्रदेश सभा (ख) तर्फ नेकपा एमालेबाट ३ जनाको नाम सिफारिस



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बागलुङ: नेकपा एमाले बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्य पदका निम्ती ३ जनाको नाम सिफारिस गरेको छ।

आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि दलहरु आन्तरिक तैयारीमा लागि रहेका छन्। उम्मेदवार सिफारिसको काम अहिले भईरहेको छ।

नेकपा एमालेले प्रदेश तहको आकाक्षींको नाम सिफारिस गरेको हो ।

सिंचाई
Forest
Ad.

शुक्रबार बुर्तिबाङमा भएकोे बैठकबाट नेकपा एमालेका नेता टकं प्रसाद पौडेल, लक्ष्मण पुन र लक्ष्मी शेन सुनारको नाम जिल्लामा सिफारिस गरीएको नेकपा एमाले ढोरपाटन नगर उपसंयोजक ज्ञानप्रसाद कंडेलले जानकारी दिए।

समानुपातिक तर्फको नाम सिफारीस जिल्लाले गर्ने भएका कारण त्यस विषयमा छलफल नभएको बताइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया