Salime Malika Krishi Farm

Awareness Campaign

खोलामा पुल नहुँदा वर्षायाममा विद्यार्थीलाई सास्ती



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

प्रिन्स मिश्रा, कपिलवस्तु: कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर-५, देवीपुर-डालपुर जोड्ने विश्वा खोलामा पुल नहुँदा विद्यार्थीलाई सास्ती भएकाे छ। वारी विद्यालय, पारी विद्यार्थी हुँदा बर्षयाममा अध्ययनका लागि विद्यालय आवतजावत गर्न सास्ती हुँदै आएकाे छ।

पुल हुने स्थानमा साना २ थान ह्युम पाइप राखिएको छ। सानो डाइभर्सन जस्तो देखिने ह्युमपाइप वरिपरिको माटो समेत पछिल्लो वर्षाले बगाएको छ। सो वडाको करिब सात टोलका बालबालिकाहरु अध्ययन गर्ने एक मात्र विद्यालय पुग्न खोला पार गर्नुपर्ने बाध्यता छ। पुल नहुँदा केही बालबालिका खोलामा डुबेर मृत्यु समेत भएकाे स्थानीयले बताएका छन्।

आइतबार शिव माध्यमिक विद्यालय कक्षा २ मा अध्ययनरत ७ बर्षीय राजेश यादव विद्यालय जाँदा काठकाे फड्केकाे सहारा लिएर हिँड्ने गरेका छन् । ती बालक फड्केमा हिँड्न नसकेर बीच भागमा पुगेर डरले भक्कानियर राेएकाे स्थानीय शम्भु वि.क.ले बताए।

सिंचाई
Forest
Ad.

हातमा चप्पल समाएर हिलम्मे खुट्टा थरथर काम्दै विद्यालय जानुपर्ने बाध्यता रहेकाे समेत वि.क.ले जनाए । फड्केमा हिँड्न नसक्ने उनी एक पात्र हुन् । उनी जस्तै सयाैँ बालबालिका दिनहुँ जाेखिम मल्दै आएका छन्।

विद्यालय पुग्न खोला पार गर्नुपर्छ । पानी पर्दा ठूलो भेल आउँछ । करिब १ हप्तासम्म पानी बगिरहन्छ । खोला पार गर्दा ओर्लिने ठाउँ चिप्लो छ । त्यसैमा चिप्लिएर पटक-पटक लडिएको छ। ड्रेस, किताब र झोला समेत भिजेका छन्।

केही साथीहरूको चोट पटक लागेर घाइते पनि भएका छन् । विजयनगर गाउँपालिकाको शिव मावि डालपुर कक्षा १० मा अध्ययनरत रन्जु कुर्मीले विद्यालय पुग्दाको व्यथा सुनाउँदै भनिन्। “सरकार हामीलाई विद्यालय पुग्न पुल देऊ!”

शिक्षक बालजी कलवारले खोला पारिका करिब २ सय ५० बालबालिका विद्यालयमा अध्ययनका लागि आउने गरेकाे जनाए। वर्षा भयो भने बाढीका कारण बालबालिकाहरू जोखिम मोल्दै विद्यालय पुग्नु पर्ने बाध्यता रहेको छ।

Awareness by SKF

गाउँपालिकाका ठाकुरापुर, देवीपुर, दत्तपुर र कटानिया लगायतका बस्तीलाई जोड्ने खोलामा पुल नहुँदा बालबालिका मात्र नभई स्थानीयले समेत सास्ती व्यहोर्नुपरेको छ। अहिले बालबालिका विद्यालय पुग्न काठको फड्केको सहारा लिनु परेकाे छ।

उक्त विद्यालयमा अध्ययनरत बालिका पूर्णिमा विश्वकर्माले पुल नहुँदा विद्यालय जाने क्रममा हिलोमा चिप्लिएर केही विद्यार्थी घाइते भएको बताउँछिन्। पुल निर्माणका लागि डिपिआर तयार गरी प्रदेश सरकारलाई अनुरोध गरेको पालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए।

सो स्थानमा १ सय ५० मिटर लामो मोटरेवल पुल आवश्यक परेको हुँदा सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरे पनि सुनुवाइ नभएको अध्यक्ष थापाले गुनासो गरे। पुल निर्माणमा माथिल्ला दुई सरकारको सहयोग भएमा सडक स्तरोन्नती गर्ने गाउँपालिकाले जनाएको छ। सेतोमसी डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया