Hi-Speed Computer

Awareness Campaign

मुसिकोटका युवाको नगरप्रमुखलाई प्रश्न: प्रतिसोध साँध्ने कि जवाफदेही बन्ने?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले नगरप्रमुख जीवन खरेललाई क्षमा याचना माग्न अनुरोध गरेका छन्।

वडा नं ७ निवासी एवम् गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र तर्फबाट मेयर पदका उम्मेदवार समेत रहेका विपिन विश्वास रायमाझीले स्वास्थ्य सम्बन्धी विषयलाई लिएर नगरप्रमुखलाई क्षमायाचना माग्न अनुरोध गरेका हुन्।

केही समय अगाडी रायमाझीले मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा रहेको वामी स्वास्थ्य चौकीमा बाफ लगाउने नेबुलाईजर मेसिन समेत नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको भन्दै आवाज उठाएका थिए। त्यसको अर्को दिननै नगरपालिकाले स्वास्थ्य संस्थामा उक्त सामाग्रीहरु रहेको र कपोल्कल्पीत भ्रम सिर्जना गरि जनतालाई भ्रममा नपार्न अनुरोध गर्दै रायमाझी विरुद्ध विज्ञप्ती निकालेको थियो।

Forest
Forest
Ad.

नगरप्रमुखद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीको जवाफ फर्काउँदै रायमाझीले समाजका सामाजिक मुद्दामा निस्वार्थ आवाज उठाउने आफ्नो मनोभावनामा गम्भीर आघात पुगेको भन्दै अहिले बल्ल नगरपालिकाले स्वास्थ्य चौकीमा उक्त स्वास्थ्य उपकरणहरु खरिद गरेर राखेको दाबी गरेका छन्।

रायमाझीको स्टाटस पछि मुसिकोट नगरपालिकाले निकालेको विज्ञप्ति

रायमाझीले उक्त विज्ञप्ती प्रति प्रष्ट पार्दै २ महिना अगाडी आफुले उठाएको मुद्दामा प्रेस विज्ञप्ती निकालेर उम्किने नगरपालिकाले अहिले २ महिना पछि बल्ल किन नेबुलाईजर मेसिन किन्यो भनेर प्रश्न गरेका छन्।

‘अक्सिजन कन्सन्टेसर मेसिनबाट उक्त सेवा दिनमिल्नी भए, अहिले बल्ल नेबुलाईजर मसिन किन किनियो? यदि पहिल्यै स्टकमा थिए भने यतिका समय किन थन्क्याएर राखियो? जब उक्त मसिनबाट दिने सेवा दिइएकै थिईएन,सेवाग्राही फर्किएका जगजाहेर थियो त गल्ती स्वीकार नगरेर विज्ञप्तिमा किन यथार्थ कुरा ढाक्ने प्रपन्च रचियो? कस्को अनुरोधमा रचियो?’ उनले लेखेका छन्।

उनले गलत गतिविधिलाई प्रसय दिएर आफ्नो निस्वार्थ आवाजमाथी आघात पुग्ने गरि नगरप्रमुखको हस्ताक्षरमा निकालीएको विज्ञप्ति माथी पुर्नविचार गरी आफु माथि लगाईएका गम्भीर आरोप फिर्ता लिई क्षमायाचनाको लागि समेत अनुरोध गरेका छन्।

Awareness by SKF

यस्तो छ रायमाझीको पछिल्लो स्टाटस:

अन्तिममा रायमाझीको सुझाव छ, ‘तपाईंलाई नागरिकको हितमा केहि गरौँ भन्ने हुटहुटी छ भने स्वास्थ्य संस्थामा विद्युतको समस्याका कारण सेवा प्रवाहमा आईरहेका कठिनाई अन्त्य गर्न सम्पूर्ण स्वास्थ्य चौकीमा जेनेरेटरको व्यवस्थापन गर्ने कदम चाल्नुहुन निःशुल्क सुझाव दिन चाहन्छु।’

उनी अगाडी थप्छन्, ‘नगरप्रमुख ज्यु, दुरदर्शी नेताले मुद्दा उठाउनेलाई ठेगान लगाउने हैन , मुद्दा र सुझाव मनन गर्छन।’

यो सामग्री बडिगाड अनलाइनको सहयोगमा तयार पारिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया