Awareness

Get Vaccinated

जून तारा साहित्य समाजद्वारा आयोजित तीज विशेष मुक्तक दोहोरीमा सहभागी जोडीको मुक्तक



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

‘नेपाली साहित्यको उत्थान सर्जकको सम्मान, जून तारा साहित्य समाजको छुट्टै पहिचान’ नारा सहित अनलाईन माध्यमको सदुपयोग गर्दै २०७६ असार ४ खोलिएको जून तारा साहित्य समाज संस्थाले विभिन्न समयमा विभिन्न अनलाइन कार्यक्रम प्रतियोगिता र पुस्तक सम्म प्रकाशित गरि सकेको यस संस्थाले यस पटक पनि तीज विशेष मुक्तक दोहोरी प्रतियोगीता अनलाईन प्रतियोगिता सम्पन्न गरेको छ।

मुक्तक दोहोरी प्रतियोगीता धेरै रचना विषय देखि बाहिर आएको हुनाले समावेश नगरिएको संस्थाको अध्यक्ष गणेश विष्ट बर्सातले बताएका छन् भने उत्कृष्ट मुक्तक जोडीको मुक्तक कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरूबाट रेडियो सुनकोशी एफएम ९० मेघाहर्ज र जून तारा साहित्य समाजको युट्युब मार्फत वाचन राखिने भएको जानकारी संस्थाको महासचिव श्याम कुमार श्रेष्ठले बताउनुभयो। ओझेलका खबर डटकम यस प्रतियोगिताको मिडिया पार्टनर रहेको छ।

तीज विशेष
मुक्तक दोहोरी
२०७९/०५/०२

बिन्ती गर्दिन के लगाउ कर तीजमा आउनु दिदी!
भाइ बहिनीको यहीँ हुन्छ सफर तीजमा आउनु दिदी!
पोहर साल आसै आसमा फसायौ हजुरले !!
यो साल पनि कस्तो छ खबर तीजमा आउनु दिदी!!
नविन विष्ट
डडेल्धुरा

खबर यता सबै ठिकठाक बाँचेकी छु मेरो भाइए
आमाबुबा दाजुभाइकै माया साँचेकी छु मेरो भाइ
पोहोर साल बोलाएनौ यसपालि नि कर छैन भन्छौ
यसपालि माइत जाने आस भाँचेकी छु मेरो भाइ
पुष्पा विष्ट
बझाङ

आशिर्वाद मेरो सधैं भरी बाच्नुपर्छ दिदी!
घरमा सबै मिलि कम्मर भाच्नुपर्छ दिदी!
यसरी माया माइती घरको पनि मार्‍यौ किन !!
पक्कै आउनु छिमेकी सँगै नाच्नुपर्छ दिदी!!
नविन विष्ट
डडेल्धुरा

आउनु मात्रै भन्छौं मलाई लिन आउदैनौ र तीजमा !
वर्षदिनको एकचोटि आउने पर्वको गित गाउदैनौ र तीजमा!
कामको चटारो छ यतातिर कसरी आउ एक्लि माइत!!
त्यसैले आउ लिनलाई मेरो यो आगन छाउदैनौ र तीजमा!!
पुष्पा विष्ट
बझाङ

Awareness by SKF

भन्छौ एक्लै छु माया प्रेम कसरी लाऊँ दिदी!
लगाउछ्न् डिजे म गीत कसरी गाऊँ दिदी!
जहिले पनि काम एक दिन थाती राखेर आउनु!!
घरमा म पनि एक्लै छु कसरी आऊँ दिदी!!
नविन विष्ट
डडेल्धुरा

डिजेको कुरा छोड हातमा माईक्रोफोन लिएर हिड!
हामी बिचको नाता सम्बन्ध भाइ अझै सिएर हिड!
साथमा आमाबुबा हुँदा पनि एक्लै छु भन्न थाल्यौ!!
आउने मङ्सिरमै बिहे गरि भाइ बुहारी सित जिएर हिड!!
पुष्पा विष्ट
बझाङ

साच्चै भन्यौ माइक्रोफोन समाउँन जान्छु दिदी !
आउँछु हजुर बोलाउन सँगै रमाउँन जान्छु दिदी!
नगर आजै बिहेका कुरा दिदी गरिबिले सताएको बेला!!
बरु प्रवास तिर पैसा कमाउँन जान्छु दिदी!!
नविन विष्ट
डडेल्धुरा

अब त पक्कै मेरो भाइ मैले भनेको मान्छौ त !
आमाले मलाई दिएको मिठो दर खान्छौ त !
यती चाडैं परदेशी बन्छु भन्छौ पढ्ने बेलामा !!
भन अब मलाई छिट्टै प्रवाश कोसित जान्छौ त!!
पुष्पा विष्ट
बझाङ

किन मान्दैन भनेको मान्छु नि दिदी!
दिएपछि मायाले खान्छु नि दिदी!
सतायो गरिबीको पीडा पढ्नै पाइएन!!
साथमा आँसु लिएर जान्छु नि दिदी!!
नविन विष्ट
डडेल्धुरा

दु:ख पीडा सहने बानी हुनुपर्छ!
माया ममताको खानी हुनुपर्छ !
यो तीजमा मेरो भाइको लागीनि !
व्रत बस्ने पक्कै सानी हुनुपर्छ!!
पुष्पा विष्ट
बझाङ

माया ममताको अनुहार फेर्ने छैन दिदी!
छोडेर त्यो माया अरुलाई बेर्ने छैन दिदी!
जप्नलाई नाम थुप्रै विशेषता चाहिदो रहेछ!!
यो दुनियाँ मा गरिबलाई हेर्ने छैन दिदी!!
नबिन विष्ट
डडेल्धुरा

धनी अनि गरिब भनी निराश हुन्छौ किन मेरो भाइ
आँसु नै आँसुले मात्रै मुख धुन्छौ किन मेरो भाइ
एकको भागमा दुईदुई केटि पर्छ भन्छन् नि
यो कुरा थाहै नपाई खाली रुन्छौ किन मेरो भाइ
पुष्पा विष्ट
बझाङ

यस्तै छ अभागी को भागमा रुनु पर्छ दिदी!
बल्झिन्छ दुखीको घाउ त्यहीँ आँसु छुनु पर्छ दिदी!
सम्पत्ति को पछाडी दस दस पछि लाग्यो भने!!
गरिबको लागि छैन कोहि एक्लै हुनु पर्छ दिदी !!
नविन विष्ट
डडेल्धुरा

प्रत्येक पर्वमा साथ दिने दिदी छँदैछ
अब त तलाई नि चिने दिदी छँदैछ
तीजमा नि मलाई बोलाउनै नआउने
हो सही बाटोतिर लिने दिदी छँदैछ
पुष्पा विष्ट
बझाङ

अझै मजबुत माया प्रेम लाइहाल्छु दिदी!
ढुक्क छु हजुरको माया पाइहाल्छु दिदी!
ढिला भयो माफ गर्नु काममा व्यस्त भएर हो!!
हजुर लिन अब छिट्टै आइहाल्छु दिदी!!
नविन विष्ट
डडेल्धुरा

भाइको आउने बाटो हेरि कुरि बसेकी छु
अब माइत पक्कै जाने कम्मर कसेकी छु
बर्खामासको समय कामको चटारो छ गाउँमा
छिट्टै छिट्टै सकुँला भनी पाखुरा धसेकी छु
पुष्पा विष्ट
बझाङ

कुर्नु पर्दैन बाटो यो साल पक्कै आउछु दिदी!ए
सधैं भन्छौ कामकै बेहाल पक्कै आउछु दिदी!
फुर्सद मिलाऊ काम नमरुन्जेल सधैं भइराख्छ!!
बुझेर हजुर को दु:खको चाल पक्कै आउछु दिदी!!
नविन विष्ट
डडेल्धुरा

यो तीजमा मलाई लिन पक्कै आएकै राम्रो
यो दिदीको घर आँगनमा नि छाएकै राम्रो
डिजे अनि पप गित सुन्नु अनि सुनाउनु भन्दा
आहा! राम्रा राम्रा तीजका गित गाएकै राम्रो
पुष्पा विष्ट
बझाङ

गर्दिन बहाना यो साल पक्कै आउँला मेरी दिदी!
यो तीजमा मीठो मसिनो यहीँ खाउँला मेरी दिदी!
डिजे गीत होइन सबै मिलि संस्कृति बचाउनुपर्छ!!
आउनु छिमेकी सँग तीज गीत गाउँला मेरी दिदी!!
नविन विष्ट
डडेल्धुरा

आमाबुबा दाजुभाइ सबै मिलिजुली नाचौला भाई।
यो तीजमा मर्काइमर्काई कम्मर भाचौला भाइ॥
विवाहित नारीहरुको समय कहाँ मिल्छ र दिनहुुँ।
एकदिन चाडमा आई मायाममता साचौला भाई॥
पुष्पा विष्ट
बझाङ

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया