Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा चन्द्र भण्डारीलाई धक्का, कांग्रेस कार्यकर्ता नै स्वतन्त्र उम्मेदवार उठ्ने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट नेता चन्द्र भण्डारी यस अघि पनि उमेदवार हुँदै आएको र आगमी मंसिर ४ गतेको निर्वाचनमा पनि उनै उमेदवार हुने चर्चा चलिरहेको बेला उनकै पार्टीका एक जना कार्यकर्ता स्वतन्त्र उमेदवार उठने बताउँदै आएका छन्।

सत्यवती गाउँपालिका-७, जुनियाँका २८ बर्षीय युवा कमल भुसालले आफु यसपाली स्वतन्त्र उमेदवार उठ्ने बताएका हुन्। ‘आदरणीय चन्द्र भण्डारी दाजु यसपाली उठने भन्ने पनि केही निधो छैन, उनले भने उहाँ सहित पाको पुस्ता जो उठे पनि आफुले स्वतन्त्र उमेदवारी दिने घोषणा गरि सकेको छु।’

कांग्रेस नेतृ सुवर्ण ज्वारचन संघिय सरकारको वाणिज्य राज्यमन्त्री हुँदा उनका स्वकिय सचिव रहेका भुसालले पुरानो पुस्ताबाट जनताको अपेक्षा अनुसारको विकास नहुने आरोप लगाउँदै जनताको अपेक्षा पुरा गर्नका लागि युवाहरुले नै नेतृत्व लिनु पर्ने दाबी गर्दछन्।

सिंचाई
Forest
Ad.

आफ्नो फेशबुक वालमा रवि लामिछाने र बालेन्द्र शाह (बालेन) का समाचार र विभिन्न गतिविधी शेयर गर्ने गरेका भुसालले आफुले जितेमा शिक्षा, स्वास्थ्य, पर्यटन पुर्वधार र सडक सञ्जाललाई पहिलो प्राथामिकता दिने बताउँछन्। उनी २०६४ साल देखि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेवि संघबाट राजनीतिमा प्रवेश गरि हाल क्षेत्र नम्बर १ को क्षेत्रिय सदस्य रहेको बताए। गुल्मी अपडेट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया