Salime Malika Krishi Farm

Awareness Campaign

तीजकै दिन गुल्मेली चेलीको युएईबाट उद्धार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: युएईमा बन्धक बनाइएकी गुल्मीकी एक युवतीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको सहयोगमा मंगलबार (तीजकै दिन) उद्धार गरेर नेपाल फर्काइएको छ। गुल्मीको इस्मा गाउँपालिका-२ की २० वर्षीय सपना नेपाली (नाम परिवर्तन) लाई मानव तस्करहरूले बन्धक बनाएका थिए।

ओमनको मस्कट हुँदै मंगलबार बिहान साढे ८ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेकी उनलाई मंगलबार नै गुल्मी पठाइएको छ । सात वर्षकै उमेरमा अर्काको घरमा काम गर्न गुल्मीको रिडीमा बसेकी उनी एसईईको परीक्षापछि विदेश गएकी थिइन्।

विदेशको वेदना सुनाउँदै उनले भनिन्, ‘हामी १४/१५ जना दिदीबहिनीहरु एउटै कोठामा बन्धक थियौं, बाहिर हिँड्न दिँदैनथे।’ आफूहरुलाई त्यहाँबाट इराक पठाउने तयारी भइरहेको अवस्थामा आफन्तलाई खबर गरेपछि उद्धार गरिएको उनले बताइन्। आफूसँगै रहेका अन्यको भने उद्धार हुन बाँकी रहेको उनले बताइन्।

सिंचाई
Forest
Ad.

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले गुल्मेली चेलीको उद्धार गर्न सफल भएकोमा खुसी व्यक्त गरे। ‘विदेशमा छोरी बन्धक भएको उजुरी लिएर उनकी आमा प्रशासनमा आउनु भएको थियो, हामीले उनको उद्धारका लागि गृह मन्त्रालय, वैदेशिक रोजगार विभागदेखि विभिन्न निकायमा समन्वय गर्यौं,’ प्रजिअ पौड्यालले भने, ‘अन्ततः सबैको प्रयासले उनको उद्धार भयो।’ रातोपाटीमा खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया