Awareness

लागु औषध सहित बागलुङको बडिगाडका रोका पक्राउ

खबर

Place for ads

बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध लागु औषध खरिद बिक्रि वितरण गरेको आरोपमा बडिगाड गाउँपालिका–७ बस्ने गगन रोकालाई पक्राउ गरेको छ।

अवैध लागु औषध खरिद बिक्री वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

Get Vaccinated

अवैध लागु औषध चरेश खरिद बिक्रि वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनको घरमा गई चेकजाँच गर्ने क्रममा निजको कोठामा रहेको खाटमुनि निलो पालोथिन र प्लास्टिकको झोलामा पेप्सिको बोटल जस्तो देखिने बाँस (निगालो) जडान गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

बरामद गरिएको निलो पालोथिनमा लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ २ सय ७० ग्राम र एक थान हुक्का फेला परेको छ।

उनलाई थप अनुसन्धानको लागि ५ दिन थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ। ईपरी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *