Salime Malika Krishi Farm

Awareness Campaign

लागु औषध सहित बागलुङको बडिगाडका रोका पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध लागु औषध खरिद बिक्रि वितरण गरेको आरोपमा बडिगाड गाउँपालिका–७ बस्ने गगन रोकालाई पक्राउ गरेको छ।

अवैध लागु औषध खरिद बिक्री वितरण गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

अवैध लागु औषध चरेश खरिद बिक्रि वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनको घरमा गई चेकजाँच गर्ने क्रममा निजको कोठामा रहेको खाटमुनि निलो पालोथिन र प्लास्टिकको झोलामा पेप्सिको बोटल जस्तो देखिने बाँस (निगालो) जडान गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

सिंचाई
Forest
Ad.

बरामद गरिएको निलो पालोथिनमा लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ २ सय ७० ग्राम र एक थान हुक्का फेला परेको छ।

उनलाई थप अनुसन्धानको लागि ५ दिन थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ। ईपरी न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया