Hi-Speed Computer

Awareness Campaign

मुसिकोटकी लिलादेविद्वारा नातिनीको जन्मदिनमा श्रीराम मन्दिरलाई आर्थिक सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले ‘अञ्जान’, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ की लिलादेबि काफ्लेले आफ्नी नातिनीको जन्मदिनको अबसरमा मन्दिरलाई आर्थिक सहयोग गर्नुभएको छ।

नगरपालिकाको वडा नम्बर ७ काफलटोला निवसी स्व. लिलाधर काफ्लेकी धर्मपत्नी लिलादेवि काफ्लेले आफ्नि नातिनी, छोरा बुहारि सन्तोष/ सरस्वती काफ्लेकी छोरी शूहाना काफ्लेको शुभ जन्मदिनको अबसर पारि मुसिकोट नगरपालिका वडा नम्बर ७ काफलटोलामा रहेको श्रीराम मन्दिरलाई नगद पाच हजार रुपैया सहयोग गर्नुभएको हो।

यो पनि: मुसिकोटमा विद्यालयका पुर्व प्राचार्यले छोराछोरीको जन्मदिनको अवसरमा बाँडे शैक्षिक सामग्री

Forest
Forest
Ad.

काफ्लेले आफ्नी नातिनी शुहानाले दोस्रो बसन्त पार गरि तेस्रो बसन्तमा प्रबेस गरेको अवसरमा आफ्नो गाउँमा रहेको श्रीराम मन्दिरको पूजा संचालनको लागि आर्थिक सहयोग गरेको बताउनुभएको छ।

पछिल्लो समय फजुल खर्च गरी जन्मदिन मनाउने प्रचलन भएपनि लिलादेवि काफ्लेले भने नातिनीको जन्मदिनको अबरमा धार्मिक काममा खर्च गर्नुभएको हो।

आफ्नी आमाले छोरीको जन्मदिनको अवसरमा पूजा व्यवस्थापन जस्तो पवित्र धार्मिक कार्यमा खर्च गर्ने निर्णय गर्नु भएकोमा छोरा बुहारी सान्तोष/ सरस्वती काफ्लेले खुसी व्यक्त गर्दै अब सबैले जन्म दिनमा फजुल खर्च गर्ने प्रचलनलाई हटाई धार्मीक तथा सामाजिक कार्यमा खर्च गर्ने बानीको बिकास गर्न सुझाव दिनुभएको छ।

मन्दिरको पूजा ब्यबस्थापनका लागि प्राप्त आर्थिक सहयोग ग्रहण गर्दै पूजा व्यवस्थापन समितिका अध्यक्ष नारायण काफ्लेले जन्मदिन परेकी शुहानालाई शुभकामाना व्यक्त गर्दै उहाँको सम्पूर्ण परिवारको शु-स्वस्थ्य, दिर्घायु र उत्तर उत्तर प्रगतीको कामना गर्दै सम्पूर्ण श्रीराम मन्दिर परवारको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया