Smoking Causes Cancer

नवजात शिशु शौचालयमा जन्माई-फाली सालनाल सहित फरार युवती पक्राउ



ओझेलका खबर
१ दिन अगाडि


Place for ads

​पोखराको लेकसाइडमा सालनालसहितको मृत नवजात शिशु फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

​जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्र कुमार पासमानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार, मिति २०८३ साल कात्तिक ३ गते बेलुका अन्दाजी १९:४० बजे पोखरा महानगरपालिका वडा नं. ६, लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको एक टहराको शौचालयको च्याम्बरमा भर्खर जन्मेको पुरुष नवजात शिशु मृत अवस्थामा फेला परेको थियो।

सिंचाई
Forest
Ad.

घरधनीले शौचालयको जाम खुलाउने क्रममा च्याम्बर खोलेर हेर्दा उक्त शव फेला पारेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा लाशजाँच मुचुल्का उठाई शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो।

​प्रारम्भिक अनुसन्धानबाट स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका स्थायी घर भई हाल पोखरा-६ लेकसाइडमा भाडामा बस्ने वर्ष १९ की एक युवती फरार रहेको खुल्न आएको थियो।

त्यसलगत्तै प्रहरीले खोजतलास गर्दा कात्तिक ४ गते राति अन्दाजी ०१:१५ बजे पोखरा महानगरपालिका वडा नं. २१, लुकुन्सवाराबाट उनलाई पक्राउ गरी चिकित्सकद्वारा स्वास्थ्य परीक्षण समेत गराइएको छ।

​अनुसन्धानको क्रममा पक्राउ परेकी ती युवतिको२०७८ सालमा सामाजिक परम्परा अनुसार स्याङ्जा कै एक युवक सङ्ग विवाह भएको खुल्न आएको छ।

Awareness by SKF

निज युवतीलाई लाई सम्मानित कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा १० (दश) दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
​………………
पोस्ट मिति : २०८३ कात्तिक ११ गते
समय : बेलुकी ८. ३० बजे
ओझेलका खबर — खबर भित्रको खबर
………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र सत्यतथ्यमा आधारित पत्रकारिताको पक्षमा ‘ओझेलका खबर’।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो