–
संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया मिङ्माछिकी शेर्पाको मृत्यु भएको छ।
कात्तिक ११ गते बिहान ९ः०० बजे सोही ठाउँमा बस्ने ४८ वर्षीय तेम्बा रिन्जे शेर्पाले मादक पदार्थ सेवन गरी श्रीमती मिङ्माछिकी शेर्पालाई कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी मिङ्माछिकीको मृत्यु भएको हो।
घटनापछि प्रहरीले श्रीमतीको मृत्युमा संलग्न रहेको आरोपमा उनका श्रीमान् तेम्बा रिन्जे शेर्पालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पोस्ट मिति : २०८३ कात्तिक ११ गते
समय : अपराह्न ४ः ४० बजे
ओझेलका खबर — खबर भित्रको खबर
━━━━━━━━━━━━━━━━━━
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







