Smoking Causes Cancer

गुल्मीका पत्रकारद्वय प्रेम सुनार र अनिता खत्री सम्मानित



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले गुल्मीका पत्रकार ओझेलका खबर डटकमका प्रमुख संवाददाता प्रेम सुनारलाई सम्मान गरेको छ। चर्चित रेडियो कार्यक्रम ओझेलका खबर मार्फत पत्रकारितामा बेग्लै पहिचान बनाएको र हालै प्रेस सेन्टर नेपालको केन्द्रिय सचिवमा सर्वसम्मत निर्वाचित भई थप सफलता समेत हासिल गरेको भन्दै सो पालिकाले सम्मान गरेको हो।

सक्रिय र निरन्तर पत्रकारिताका माध्यमबाट समाज परिवर्तन र समाज भित्रका खबरलाई खरो रुपमा उजागर गर्दै आएका सुनार न्यूज २४ टेलिभिजन, रातोपाटी डटकम, ग्लोबल आवाज डटकम लगायतका मिडियामा पनि आवद्ध रहेका छन्। विशेषगरी सामाजिक तथा आपराधिक मुद्दामा कदम चलाउने सुनार लोकप्रिय तथा पुराना सञ्चारकर्मी हुन्।

सिंचाई
Forest
Ad.

त्यसैगरी पालिकाले सुनारसहित गुल्मीमा रेडियोहरुको पहिलो महिला स्टेशन म्यानेजरको इतिहास रच्न सफल अनिता खत्रीलाई पनि सम्मान गरेको छ। हालै सम्पन्न भएको निजी व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ्ग एसोशिएसन अफ नेपाल (बान) को साधारण सभा तथा १८ औं महाधिवेशनमा देशैभरका सञ्चालक तथा व्यवस्थापकमध्ये उत्कृष्ट भएको भन्दै स्टेशन म्यानेजर खत्रीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सम्मान गरेका थिए।

गुल्मीको गौरवका रुपमा सुनार र खत्रीलाई सम्मान गरिएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए। उनीहरुलाई अध्यक्ष खड्का उपाध्यक्ष पार्वती कुँवर र प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया