Smoking Causes Cancer

नसा सम्बन्धी रोगले पीडित गुल्मीको मुसिकोटकी शोभाको उपचारार्थ समाजसेवी थापाको सहयोग



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ की शोभा सुनारको उपचारका लागि समाजसेवी लिलबहादुर थापाले नगद रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ।

१४ वर्षको उमेरबाटै नसा सम्बन्धी रोगका कारण बिस्तारामा थलिएकी शोभाको यसअगाडी पनि समाजसेवी लिल बहादुर थापाकै सहयोगमा उपचार गरिएको थियो।

उपचारपछि स्वास्थ्य सुधार हुँदै गएपछि पुनः अर्को पटक चेकजाँच गर्न सहयोगी थापाले पठाउनुभएको रकम जिटिभि नेपालका सञ्चालक दिपक नेपालीले हस्तान्तरण गर्नुभएको हो। समाजसेवी थापाले थुप्रै दीनदुखिहरुलाई सहयोग गर्दै आउनुभएको छ। थापाको यस किसिमको सेवाभावको सबैले प्रशंसा गरेका छन्। ओझेलका खबर डटकम परिवार उहाँ प्रति उच्च सम्मान सहित हार्दिक आभार व्यक्त गर्दछौँ।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया