Hi-Speed Computer

Awareness Campaign

मनकारी व्यक्तिहरु जुटेपछि हुनेभयो बागलुङको बडिगाडकी शर्शीकलाको उपचार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बागलुङको बडिगाड गाउँपालिका-५, ग्वालीचौरकी शर्शीकला विश्वकर्माको उपचार हुने भएको छ। आर्थिक अभावमा उपचार नपाई बिस्तारामै थलिएकी उनको विभिन्न मनकारी व्यक्तिहरुको सहयोगमा उपचार हुने भएको हो।

परिवार र आफन्त समेत नभएकी उनी विगत १ महिना देखि दम रोगका कारण विस्तारामै थलिएकी छिन् । आफुसंग उपचार गर्ने पैसा नहुँदा र कहीँ कतैबाट सहयोग समेत नभएपछि जिटिभी अनलाईनले उनको भिडियो सामाग्री बनाएर प्रशारण गरेको थियो।

उक्त भिडियो हेरेर बाँके जिल्लाको खर्जुरा गाउँपालिका स्थायी घर भई हाल अमेरीकामा रहनुभएका सहयोगी मनका धनी लिल बहादुर थापाले उनको उपचारको लागि लाग्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Forest
Forest
Ad.

उनलाई बिहिवार उपचारका लागि पाल्पा पठाईएको जिटिभि नेपालका व्यवस्थापक एवम् सञ्चालक दिपक नेपालीले जानकारी दिनुभयो । जिटिभि नेपालबाट उक्त समाचार प्रशारण भएपछि बडिगाड गाउँपालिकाले समेत उनको उपचारका लागि यातायात खर्च उपलब्ध गराउने भएको छ।

गाउँपालिकाको तर्फबाट बिकको उपचारका लागि नगद रु १० हजार सहयोग गर्न लागिएको वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । उनको उपचारका लागि समाज सेवी नविन कुवर र वडा नं ५ का पूर्व वडाध्यक्ष अर्जुन घिमिरेले समेत सहयोग गर्नुभएको छ।

यसैबीच गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ की शोभा सुनारको उपचारका लागि पनि समाजसेवी थापाले नगद रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । १४ वर्षको उमेरबाटै नसा सम्बन्धी रोगका कारण विस्तारामा थलिएकी शोभाको यसअगाडी पनि समाजसेवी लिल बहादुर थापाकै सहयोगमा उपचार गरिएको थियो।

उपचारपछि स्वास्थ्य सुधार हुँदै गएपछि पुनः अर्को पटक चेकजाँच गर्न सहयोगी थापाले पठाउनुभएको रकम जिटिभि नेपालका सञ्चालक दिपक नेपालीले हस्तान्तरण गर्नुभएको हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया