Awareness

कृषि प्राविधिक शिक्षामा घट्यो आकर्षण, गुल्मीमा कृषि पढ्ने विद्यार्थी पाउनै मुस्किल

कृषि खबर खबर शैक्षिक खबर

Place for ads

सुमन महतारा, गुल्मी: नेपाल कृषि प्रधान देश भएपनि गुल्मीमा कृषि प्राविधिक शिक्षा लिनका लागि विद्यार्थी भने अनिच्छुक देखिएका छन्। गुल्मीका विभिन्न सामुदायिक विद्यालयमा र एक शिक्षालयमा ‘डिप्लोमा इन एग्रिकल्चर ‘ शैक्षिक कार्यक्रम सञ्चालन भए पनि विद्यार्थी पाउँन मुस्किल भएको तुराङ बहुप्राविधिक शिक्षालय तुरुङका प्रमुख प्रदिप राज पाण्डेले बताए।

विद्यार्थी नपाएपछि शिक्षालय चलाउँन निकै गाराे भएको शिक्षालय प्रमुख पाण्डेको भनाइ छ । चन्द्रकाेट गाउँपालिकाकाे तुराङमा गतसालदेखि कृषि बालिविज्ञान पढाइ सुरु भए पनि बिद्यार्थी पाउँन गाराे रहेको उनले बताएका छन। ‘पाेहाेर साल २४ जना पढ्ने बिद्यार्थी थिए अहिले जम्मा १५ जना छन्’ उनले भने, ‘४० जनाको पढ्ने काेटा भए पनि विद्यार्थी पाउँन निकै गार्हो भएको छ । राज्यले कृषि क्षेत्रलाई प्राथमिकता नदिएजस्तै कृषि पठनपाठनमा पनि समुदायको ध्यान पुगेन।’

Get Vaccinated

गुल्मीका १२ ओटा स्थानीय तहमा ८ ओटा सामुदायिक विद्यालय र एक शिक्षालयमा गरि नाै ओटामा ‘डिप्लोमा इन एग्रिकल्चर ‘शैक्षिक कार्यक्रम सञ्चालनमा छ । उपल्लो तम्घास माविका शिक्षक विजय मरासिनीले हालसम्म कुनै पनि विद्यार्थी भर्ना नभएको जानकारी दिए। याे विषयमा ४० जनाको काेटा हुने र कक्षा ९ बाट सुरु हुने भएपनि अहिले ९ मा कुनै पनि विद्यार्थी भर्ना नभएको उनले बताए ।

त्यस्तै हिमालय मावि हस्तिचाैरमा पनि विद्यार्थी पाउँन निकै गार्हो भएको विद्यालयले बताएको छ अहिलेसम्म जम्मा ६ जना विद्यार्थी मात्र भर्ना भएका छन्।

जिल्लाकाे चन्द्रकाेट गाउँपालिका शान्तिपुरमा रहेकाे उदय माविमा पनि विद्यार्थी कम छन । अहिलेसम्म जम्मा १२ जना विद्यार्थी भर्ना भएका छन् । जिल्लाकाे मुसिकाेट नगरपालिकामा रहेको दुर्गा भवन माविमा र जिल्लाकाे धुर्काेट गाउँपालिकामा रहेको पञ्चायन माविमा पनि कृषि पढ्न जम्मा १९ जना विद्यार्थी भर्ना भएका छन।

त्यस्तै जिल्लाकाे मदाने गाउँपालिकामा रहेको पृथ्वी मावि, मालिका गाउँपालिकामा रहेकाे मालिका मावि र रुरुक्षेत्रमा रहेको जनबाेध माविमा विद्यार्थी सङ्ख्या माग काेटा अनुसार नभए पनि सन्तोष जनक रहेको छ । पृथ्वी माविमा २८ जना जनबाेध माविमा ३३ जना र मालिका माविमा ३४ जना कक्षा ९ मा भर्ना भएका छन ।

Awareness by SKF

गुल्मीका १२ ओटा स्थानीय तहमा गरि ८ ओटा सामुदायिक विद्यालय र एउटा शिक्षालयमा कृषि बिषयकाे पढाइ हुने भए पनि स्थानीय सरकार प्रदेश सरकार र संघले विद्यार्थीलाई पढ्नका लागि कुनै पनि क्षेत्रमा आकर्षण थप्न नसकेको बिद्यालयका प्र अहरुकाे गुनासो रहेको छ।

गाउँ गाउँमा प्राविधिक शिक्षा सञ्चालन भए पनि विद्यार्थीकाे आकर्षण नबढ्नु अत्यन्तै दु:खद विषय हाे । प्राविधिक शिक्षा पढेको व्यक्ति खालि बस्न नपर्ने भए पनि एकातिर विद्यार्थी र अभिभावककाे ध्यान त्यता पुग्न नसक्नु र अर्कोतिर सम्बन्धित विद्यालयले विद्यार्थी र अभिभावकलाई प्राविधिक शिक्षाको महत्वबारे प्रयाप्त जानकारी दिन नसक्नुले विद्यार्थीको संख्यामा दिनानुदिन कमी आइरहेको शैक्षिक सरोकारवालाहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *