Awareness

गुल्मी आएर झलनाथ खनालले भने, ‘वामपन्थी एकता आवश्यक तर तत्काल सम्भव छैन’

खबर राजनीतिका खबर

Place for ads

सन्तोष महतारा, गुल्मी: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता असम्भव रहेको बताएका छन्। नेपालमा वामपन्थी एकता आवश्यक रहेपनि असम्भव रहेको पूर्वप्रधानमन्त्री खनालले बताएका हुन्।

समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले नेकपा एमालेतर्फ केन्द्रित गर्दै वामपन्थी राजनीतिक नेतृत्वले एकताको महसुस नगरेको बताए।

Get Vaccinated

‘वामपन्थी एकता आवश्यक भएपनि अहिले असम्भव छ।’ नेता खनालले भने, “वामपन्थी राजनीतिक नेतृत्वहरु तयार नभएकोले अहिले एकता असम्भव छ।” अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले अन्य दलहरुसंग एकीकरणको सम्भावना नभएको भन्दै निार्वचनपछि एकीकरणतर्फ लाग्ने बताए।

संविधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन आवश्यक भएको नेता खनालले बताए। नेतृत्वको दम्भ र अंहकारले गर्दा अहिलेको अवस्था आएको भन्दै खनालले गठबन्धनले संविधानको रक्षा गरेको दाबी गरे।

प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँडको लागि कार्यदलले काम गरिहेको भन्दै चुनौती नहुने उनले बताए। नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक भएको उनको भनाई छ। राष्ट्रियताको सन्दर्भमा सबै दलहरु एकताबद्ध नभएको उनले बताए। समाजवादी पार्टी नीति र विधि अनुसार अगाडि बढ्ने उनले बताएका छन्। खबर मार्केट डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *