Hi-Speed Computer

Awareness Campaign

गुल्मी-२ मा एमालेको विरासत तोडेर देखाउने रामकुमारी झाँक्रीको उद्घोष



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ मा एमालेको २५ बर्ष देखिको विरासत तोड्ने उद्घोष गरेकी छन्।

आईतबार गुल्मीको सदरमुकाम तम्घासमा सो पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उनले आगामी निर्वाचनमा एमालेको विरासत आफुले तोडेर देखाउने उद्घोष गरेकी हुन्।

उनले कार्यकर्ताहरुलाई भनिन्, ‘गुल्मी क्षेत्र नम्वर – २ मा हामीले २५ बर्ष पुरानो विरासत तोड्ने दिन नजिकिदै आएको छ, यसर्थ एक ढिक्का भएर निर्वाचनमा जुट्नुहोस्।’

Forest
Forest
Ad.

उनले गुल्मी क्षेत्र नम्वर–२ का नेताहरुको नाम नलिई थपिन्, ‘कसै–कसैलाई आफ्नो विरासत गुम्ने खतरा भएपछि छटपटी सुरु भएको छ। उनिहरुको झुटा आश्वासनले गुल्मीका जनताहरु आजित भए । अब जनताले विकल्प खोजेका छन्। र, त्यसको छिनोफानो मसिर ४ को निर्वाचनले गर्नेछ।’

शनिवारदेखि सुरु भएकाे प्रशिक्षण भोलिसम्म चल्ने छ । जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्न आज दिउँसो ३ बजेतिर सो पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आउने कार्यक्रम रहेको नेकापा एकीकृत समाजवादी गुल्मीले जनाएको छ।

नेता झाँक्रीको फेसबुकमा गरिएको पोष्टको स्क्रिनसट जुन पछि डिलिट गरिएको छ
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया