Hi-Speed Computer

Awareness Campaign

गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्रमै पत्रकार माथि कुटपिट



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिकाको केन्द्र वामी बजारमै सञ्चारकर्मी माथि कुटपिट भएको छ। मदिरा सेवन गरेका केही युवाले मुसिकोट नगरपालिका वडा नं २ निवासी जिटिभी अनलाईनमा कार्यरत सञ्चारकर्मी सुरज नेपाली माथि कु*टपिट गरेका हुन्।

वामी बजारमा श्रीकृष्ण रथयात्रा हेर्न मुसिकोट नगरपालिका वडा नं ६ कुर्घाबाट आएका मदिराले मत्त युवाहरुको समुहले सञ्चारकर्मी नेपाली माथि कु*टपिट गरेका हुन्। “म मोटरसाईकलमा मदुश क्याफे तर्फ आउँदै थिए पीडित नेपालीले भने,एक्कासी ६/९ वटा मोटरसाईकलमा आएका युवाहरुले उ त्यही हो भन्दै कुटपिट गरे नेपालीले भने-उनीहरुले टाउको र छातिमा हानेको उनले बताए।”

वडा नं. ६ कुर्घा भुवाचिदीका युवाहरु राजा भनिने चुरन पछाई लगायतका ७/८ जनाको समुहले नेपाली माथि कुटपिट गरेका हुन्। मदिराको लठमा मत्त युवाहरुको समुहको कुटाईबाट नेपालीको टाउको, छाति र मुखमा चोट लागेको छ। पीडित नेपालीले आवश्यक कारबाहीको माग गर्दै वामी प्रहरी चौकीमा कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका छन्।

Forest
Forest
Ad.

वामी प्रहरी चौकीका ईन्चार्ज हरि ओलीले निवेदनका आधारमा आवश्यक कारवाही अगाडी बढाउने बताए। स्थानीयले पछिल्लो समय वामी बजार क्षेत्रमा मदिरा खाएर होहल्ला गर्ने, अपाच्य शब्दहरु प्रयोग गर्दै हिंसा फैलाउने तथा स्थानीयहरु माथि नियमित रुपमा कुटपिट गर्ने लगायतका घटना हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

स्थानीय विवेक काफ्लेले वामी बजारको सुरक्षा चिन्ता बढ्दै गएको बताए। काफ्लेले नियमित रुपमा यस्ता घटना हुँदा पनि प्रहरी प्रशाशनले कारबाहीको प्रक्रिया अगाडी नबढाउनु दुःखद भएको बताए। मदिरा सेवन गरेर विभिन्न आपराधिक क्रियाकलाप गर्ने युवाहरुलाई तत्काल कारबाहीको प्रक्रिया अगाडी बढाउन उनको माग छ।

ओझेलका खबर डटकम परिवार दीन दुखीहरुको पक्षमा निरन्तर आवाज उठाउदै आएका पत्रकार माथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषी माथि हदै सम्मको कारवाहीको माग गर्दछौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया