गुल्मी: गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ । इस्मा गाउँपालिका-१, हस्तिचौरको बसेनी सामुदायिक वनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिए।
आज बिहान १० बजे तिर गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए।
अन्दाजी ६० वर्षिय महिलाको कंकाल हुन सक्ने वडा अध्यक्ष कुवरले उल्लेख गरे । शरीरमा चोलो र हातमा चुरा देखिए पनि कंकालको पहिचान भने हुन सकेको छैन।
अहिले घटनास्थलमा हस्तिचौर प्रहरी चौकी पुगेर अनुसन्धान गरिरहेको छ।
साथै कसैको आफ्न्त हराएको भए वडा कार्यालय वा प्रहरी संग सम्पर्क गर्न वडा कार्यालयले अनुरोध समेत गरेको छ।
1 thought on “गुल्मीमा महिलाको कंकाल फेला, पहिचान खुल्न सकेको छैन”