Awareness

Get Vaccinated

गुल्मीको मालिका गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मीः मालिका गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ।

गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने गरी तयारी थालेको छ। पाठ्यक्रम निर्माणका लागि पालिकाले सरोकारपक्षसँग सुझाव संकलन एवम् छलफल गरेको छ।

बुधबार गाउँपालिकाको कार्यालयमा पाठ्यक्रम र पाठ्यपुस्तकसम्बन्धी छलफल गरेको छ । छलफलका टिप्पणीकार, पाठ्यक्रम निर्माण समिति, जनप्रतिधि, पत्रकार, कर्मचारी, राजनीतिक दल एवम् शैक्षिक व्यक्तिहरुबीच छलफल गरिएको हो । पाठ्यक्रम निर्माण समितिले आफुले तयार गरेको पाठ्यक्रमको खाका प्रस्तुत गरेको थियो।

गाउँपालिकाको भूगोल, जनसङ्ख्या, मुख्य बाली, उत्पादन, रोजगारी एवम् आर्थिक, सामाजिक अवस्था पाठ्यक्रममा समेटिएको छ। त्यस्तै मुख्य नदि, खानेपानीका स्रोत, बनजङ्गल, जनावर, विद्यार्थीले पालना गर्नुपर्ने अनुशासन, संस्कारयुक्त ज्ञान लगायतका बिषयहरु पनि पाठ्यक्रममा समेटिएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले जानकारी दिए।

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल मुख्य टिप्पणीकार रहेका थिए । त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरी बहादुर केसी, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम पाण्डे, वस्तुस्थित हिमालय माविका प्रध्यानाध्यापक कृष्ण प्रसाद भण्डारी, रेसुङ्गा माविका प्रध्यानाध्यापक प्रेमनारायण भण्डारी र स्थानीय समाजसेवी शेषकान्त गौतमले टिप्णीकारको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा बोल्दै मुख्य टिप्पणीकार एवम् प्रमुख अतिथि धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले पाठ्यक्रमले विद्यार्थीहरुलाई संस्कारयुक्त ज्ञान दिनुपर्नेमा जोड दिए । विद्यालयको सरसफाई, शैक्षिक गतिविधि, शिक्षकको आचरण लगायतका बिषयले बालबालिकाले सिकाईमा प्रभाव पर्ने उनले बताए । कार्यक्रममा टिप्पणीकारहरुले पाठ्यक्रम एवम् पाठ्यपुस्तक निर्माण गर्दाका आवश्यक सुझावहरु दिएका थिए।

पाठ्यक्रम गाउँपालिकाभित्रका ४९ सामुदायिक र छ निजी गरी कुल ५५ विद्यालयमा लागु हुनेछ । आगामी शैक्षिक सत्रदेखि नै एकैपटक सात हजार विद्यार्थीले पाठ्यपुस्तक अध्ययन गर्नेछन् । चालु आर्थिक बर्षमा पाठ्यक्रम लेखन, छपाई लगायतका कार्यको लागि गाउँपालिकाले चार लाख बिनियोजन गरेको शिक्षा शाखा प्रमुख एवम् पाठ्यक्रम निर्माण समिति संयोजक सुरज जिसीले बताए ।

Awareness by SKF

गाउँपालिका अध्यक्ष देविराम अर्यालले सबै विद्यार्थीहरुले निःशुल्क पाठ्यपुस्तक पाउने बताए । ‘पाठ्यक्रममा पालिकाभित्रका सबै विषयवस्तु समेटिने गरी काम गरेका छौ ।’ उनले भने, ‘आगामी शैक्षिक सत्रदेखि सबै विद्यार्थीहरुको हातमा पालिकाको पाठ्यपस्तक आइपुग्छ।’

पाठ्यक्रम निर्माणको लागि गाउँपालिकाले शिक्षा शाखा प्रमुख जिसीको संयोजकत्वमा पाँच सदस्यीय पाठ्यक्रम निर्माण समिति गठन गरेको छ । जसमा शिक्षक बालुराम अर्याल, बोम बहादुर घम, बासुदेव घिमिरे र बुद्धिप्रकाश भण्डारी सदस्य रहेका छन्।

त्यस्तै पूर्व प्रध्यानाध्यापक ज्ञान बहादुर कार्कीको संयोजकत्वमा चार सदस्यीय मूल्यांकन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा वडा नम्बर ८ को अध्यक्ष सूर्य बहादुर जिसी, मालिका माविका पूर्व प्रअ चुरामणी अर्याल र नेटा दर्लिङ माविको व्यवस्थापन समिति अध्यक्ष तेज बहादुर सोनार रहेका छन्।

त्यस्तै संरक्षकको रुपमा गाउँपालिका अध्यक्ष देविराम अर्याल, उपाध्यक्ष उपेन्द्र अर्याल र सामाजिक विकास समिति संयोजक रेखा कुमार जिसी रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया