Awareness

बागलुङमा बालिका अपहरणको अभियोगमा दुई जना पक्राउ

अपराध खबर

Place for ads

बागलुङ: बालिका अपहरणको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरी जवान सहित एक महिला बालिका अपहरण प्रयासको आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका काम गर्दै आएका प्रहरी जवान शंकर आचार्य र जिल्लाको जैमिनी नगरपालिका–७ जैदीकी ३६ बर्षी भगवती क्षेत्रीलाई बागलुङ बजारमा नियन्त्रणमा लिईएको हो ।

Get Vaccinated

धादिङ जिल्ला स्थायी घर भई बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखा बस्दै आएकी सपना थापाकी ६ वर्षीया छोरी सुहाना तामाङलाई अपहरण गर्ने खोजेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा बालिकालाई गाडीमा राखेर उनका बाबा पसलमा गएको बेला प्रहरी जवान आचार्य र ति महिलाले बालिबालाई ललाईफकाई बुद्ध विहार तिर लैजाँदै गरेका थिए । स्थानीयले र प्रहरीले उनीहरुलाई रोकेका थिए । दुवै जना मदिराले लट्ठिएका थिए । उनीहरुसँगै अर्का एक प्रहरी जवान समेत सँगै थिए।

पक्राउ परेका दुवै जनाको स्वास्थ्य परीक्षण पछि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुले बालिका रोइकराई गरेपछि स्थानीयले सोधपुछ गर्दा तथानाम गालीगलौज समेत गरेको आरोप छ।

बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन् । उनले आफू कार्यालयमै रहेको र श्रीमान तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताइन् । स्थानीयले नभेटको भए आफ्नो छोरीलाई जे पनि हुन सक्ने भन्दै कडा कारबाहीको माग गरिन्।

Awareness by SKF

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपरहण होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए। ‘हामिले सबै हिसावले खोजी सुरु गरेका छौं, आज बालिकाका बाबु आमा सहित बसेर छलफल गर्दै छौं’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *