Hi-Speed Computer

Awareness Campaign

पुर्वप्रधानमन्त्री खनाल, पुर्वमन्त्री झाँक्री लगायत नेकपा एकीकृत समाजवादीका नेताहरु गुल्मी आउँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल गुल्मी आउने भएका छन्। जिल्लामा सन्चालन हुन गईरहेको पार्टीको ३ दिने आवासिय प्रशिक्षण कार्यक्रमको लागि खनाल गुल्मी आउन लागेका हुन्। यही भदौ ४ गते देखी ६ गते सम्म रेसुंगा यज्ञशालामा सन्चालन हुन लागेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि खनाल गुल्मी आउन लागेका हुन्।

कार्यक्रममा नेता खनाल सहित पुर्व सहरी बिकास मन्त्री तथा पार्टिकी केन्द्रीय सचिव राम कुमारी झाँक्री पनि गुल्मी आउने कार्यक्रम तय भएको छ। पार्टिले दर्शन, वर्तमान राजनीती र आगामी कार्यदिशा, सिद्धान्त र व्यवहार बीचको एकरुपता, जनवादी केन्द्रीयता, मार्क्सवादी अर्थशास्त्र, श्रम र पुजीवजार, द्वन्दवादको नियममा प्रशिक्षण सन्चालन गर्ने नेकपा एकीकृत समाजवादी, गुल्मीले जनाएको छ।

त्यस्तै राजनीतिक शब्द परिचय, राष्ट्रिय परिस्थिती, अन्तरास्ट्रिय परिस्थिती, पार्टी सङ्गठन र सङ्गठनात्मक सिद्धान्त, साँस्कृतिक रुपान्तरण लगायत अन्य समसामयिक विषयमा पनि प्रशिक्षण सन्चालन गरिने जानकारी दिईएको छ।

Forest
Forest
Ad.

कार्यक्रममा पुर्व प्रधानमन्त्री खनाल र पुर्व सहरी विकास मन्त्री झाँक्रीका अलावा बामपन्थी नेता युवराज पन्थी, पार्टिका केन्द्रीय स्कुल बिभाग सचिव अशेष घिमिरे, लुम्बिनी प्रदेश सचिव राजु गुरुङ, लुम्बिनी प्रदेश स्कुल विभाग प्रमुख टिकाराम रिजाल लगायतले प्रशिक्षण दिने नेकपा एकीकृत समाजवादीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया