Clean Water Campaign

Awareness Campaign

बागलुङको बडिगाडका २ खेलाडी ओपन कराते दोमा भाग लिन थाइल्याण्ड प्रस्थान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: अगस्ट १९ देखि २३ सम्ममा थाइल्याण्डमा हुने थाइल्याण्ड ओपन कराते दो प्रतियोगितामा बागलुङका २ खेलाडीले सहभागिता जनाउने भएका छन्।

सो प्रतियोगितामा भाग लिन बडिगाड डोजो खेलाडीहरु नवीन थापा र बिज्जल पाईजा बुधवार काठमाडौं प्रस्थान गरेका छन् ।

बडिगाड डोजोमा एक कार्यक्रम गर्दै प्रमुख प्रशिक्षक राजन कुमार पाईजा र बडिगाड गाउपालिका वडा नं.५ का वडाध्यक्ष बिष्णु प्रसाद आचार्यले खेलाडीहरुलाई जितको शुभकामना दिदै बडिगाडबाट अन्तराष्ट्रिय खेलमा सहभागी जनाउन पाउनु नै सौभाग्यको कुरा भएको बताए।

सिंचाई
Forest
Ad.

सोही अवसरमा पाईजा र आचार्यले आफ्नो व्यक्तिगत तर्फबाट केही रकम खेलाडीलाई हस्तान्तरण गरे। बडिगाड डोजोका प्रमुख प्रशिक्षक पाईजाले बडिगाड डोजोबाट हालसम्म विभिन्न देशमा आफ्नो खेलाडीहरुले सहभागी जनाउदै राम्रो प्रर्दशन गरेकोमा खुशी व्यक्त गरे।

उनले खेलमा हार जित दुवै हुने र दुवै पक्षलाई स्वभाविक रुपमा लिनुपर्ने वताउदै खेलाडीहरुलाई जीतको शुभकामना दिए। – बडिगाड अनलाइन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया