Awareness

निहारिकालाई भेटेपछि बालेनको प्रश्न, ‘बच्चाको डिएनए टेस्ट माग गर्दा जल्न तयार हुनुपर्ने?’

खबर

Place for ads

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बलात्कार पीडित निहारिका राजपुतलाई भेटेका छन्। उनले शनिबार शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई भेटेका हुन्।

भेटपछि मेयर शाहले सामाजिक सञ्जालमा तस्विर समेत सार्वजनिक गरेका छन्। निहारिकाले आफ्नो बच्चाको डिएनए टेष्ट गर्न माग गर्दा पनि सरकारले पूरा नगरेको भन्दै शाहले प्रश्न गरेका छन्।

Get Vaccinated

‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ?,’ उनले भने, ‘यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन।’

शुक्रबार निहारिकाले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी हुन्। उनी बसन्तपुरमा अनसन बस्दै आएकी थिइन्। उनले आफूमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्।

पछि प्रहरीले उनको उद्धार गरी शिक्षण अस्पताल पुर्याएको थियो।

आफू १७ वर्षको हुँदा जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै उनी न्यायका निम्ति अनसन बस्दै आएकी छन्।

Awareness by SKF

यसअघि उनले गत जेठ १७ गतेदेखि लगातार अनसन बस्दै आएकी थिइन्। त्यसपछि गत असार ३ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी थिइन्।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको थियो। -सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *