Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा प्राविधिक विषय पढ्न गाउँपालिकाकोे छात्रवृत्ति



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिकाले एसइई पछिको तीन बर्षे प्राविधिक क्षेत्रको विषय अध्ययनका लागि छात्रबृत्ती दिने भएको छ।

बाली विज्ञान र भेटेनरी विषयमा तीन-तीन एवं अमिन र ओभरसियर बिषयमा दुई-दुई जनालाई छात्रबृत्ती दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

आर्थिक अवस्था कमजोर भई घरको उत्पादनले छ महिना पनि खान नपुग्ने, परिवारको कुनै पनि सदस्य कुनै रोजगारीमा संलग्न नभएको र अन्य कुनै संस्थाबाट छात्रवृत्ति नलिएकोलाई प्राथमिकता दिइने अध्यक्ष पोखरेलले बताए । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै इच्छुक विद्यार्थीहरुलाई दरखास्त दिन आह्वान समेत गरेको छ ।

Forest
Forest
Ad.

गाउँपालिका उपाध्यक्ष सीता गिरीले आफुहरुले पदभार ग्रहण गर्दाको निर्णय कार्यान्वयन गर्न थालिएको बताइन्। ‘पदभार ग्रहण गर्दा प्राविधिक बिषय पढ्ने विद्यार्थीहरुलाई छात्रबृत्ति दिने निर्णय गरेका थियौँ।’ गिरीले भनिन्, ‘अहिले कार्यविधि नै बनाएर सोही निर्णय कार्यान्वयन गर्दैछौ ।’ तीन बर्षसम्म अध्ययन गर्दा विद्यालयमा लाग्ने शुल्क पालिकाले तिरिदिने उपाध्यक्ष गिरीले बताइन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया