Hi-Speed Computer

Awareness Campaign

गुल्मीको धुर्कोटमा घर बीमा कार्यक्रम सुरु, यस्ता छन् घर बीमाका फाईदा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा योजना ल्याएको छ। गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कच्ची घरहरुले २ सय २५ रुपैयाँमा बीमा गर्नसक्ने जनाएको छ।

सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका कच्ची घरको अधिकतम बिमांक ५ लाख रुपैयाँसम्म रहेको छ । बीमा शुल्क २ सय २५ रुपैयाँ कायम गरिएको छ । उक्त बीमा शुल्क गाउँपालिका र घरधनीले ५०/५० प्रतिशत बेहोर्ने छ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार आगलागी, बाढीपहिरो, चट्याङ, विष्फोट, आकाशजन्य, हुलदंगा हड्ताजन्य घटनाहरुबाट क्षति पुग्ने घरका लागि अधिकतम ५ लाखको बीमा कार्यक्रम ल्याइएको हो। कच्ची घरहरुमा क्षति पुग्दा स्थानीयवासीलाई राहत पुगोस् भनेर यस्तो योजना अगाडि सारिएको उनले बताए।

Forest
Forest
Ad.

गाउँपालिकाले सूचना निकालेर इच्छुक बीमा कम्पनीहरुलाई बीमा योजना कार्यक्रममा सहभागी हुन आवेदन दिन अनुरोध गरेको थियो। सोही सूचना अनुसार ४/५ वटा कम्पनीहरुको निवदेन परेको थियो। जसमध्ये सबैभन्दा कममा बीमा गर्न तयार शिखर इन्स्योरेन्ससँग गाउँपालिकाले सम्झौता गरेको उनले बताए। सम्झौता अनुसार कच्ची घरधनीहरु यो कार्यक्रममा सहभागी हुन सक्ने उनले बताए। स्रोत: अनलाईन खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया