Clean Water Campaign

Awareness Campaign

गुल्मीका तेक्वान्दो खेलाडी बिकलले जिते अष्ट्रेलियामा कास्यपदक



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी रुरुक्षेत्र-१, रिडीबजारका तेक्वान्दो खेलाडी बिकल पौडेलले अस्ट्रेलियामा सम्पन्न न्यु साउथ वेल्स राज्य च्याम्पियनसिप प्रतियोगितामा कास्य पदक हात पारेका छन्।

च्याम्पियनसिप तथा राष्ट्रिय छनोट प्रतियोगितामा उनले कास्य पदकको उपाधी हासिल गरेको प्रशिक्षक प्रकाश क्षेत्रीले जानकारी दिए।

सिड्नीमा भएको ६३ केजि तौल समूहमा बिकल पौडेलले कास्य पदक जितेका हुन। प्रतियोगितामा पाँच सय ३० जना खेलाडीको सहभागिता रहेको थियो। रिडीमा जन्मेका पौडेल तेक्वान्दो खेलमा अब्बल खेलाडीका रुपमा परिचीत छन।

सिंचाई
Forest
Ad.

नेपालका ६४ वटा जिल्लामा उनले आफ्नो खेल प्रदर्शन गरिसेका छन भने विभिन्न राष्ट्रिय , अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सहभागीता जनाउदै उपाधी समेत हात पारेका छन । सन २०१४ मा काठमाडौमा भएको तेस्रो दक्षिण एसिया आईटीएफ तेक्वान्दो प्रतियोगितामा ५८ केजि तौल समुहमा स्वर्ण पदक हात पारेका पौडेलले, अर्को वर्ष भारतमा आयोजना भएको सोही खेलमा कास्य पदक जित्न पौडेल सफल भएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया