Clean Water Campaign

Awareness Campaign

५० जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई भदौ ५ देखि कोभिड खोप



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ:  ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ।

सरकारले गत असार ९ गतेदेखि पहिलो चरणमा २७ जिल्लाका सो उमेर समूहका बालबालिकालाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरेको थियो। दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पहिलो चरणमा गण्डकी प्रदेशका कास्की, नवलपुरसहित धेरै जनघनत्व भएका जिल्ला र ठूला सहर केन्द्रित गरेर खोप अभियान चलाइएको हो। ती जिल्लाका बालबालिकाले खोपको दोस्रो मात्रासमेत पाइसकेका छन्।

स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार जिल्लामा रहेका सो उमेर समूहका झण्डै ५० हजार बालबालिकालाई फाइजर खोप दिइनेछ। सुइँ आइसकेको छ, खोप यही २५ गतेपछि आउँछ,उनले भने, बालबालिकालाई विद्यालयमै तोकिएका खोप केन्द्रबाट खोप दिइन्छ।

सिंचाई
Forest
Ad.

उनले बर्सातका कारण खोप ढुवानी र अरु व्यवस्थापकीय तयारीमा बाधा नपरे मन्त्रायलयले ताकेकै दिनबाट खोप अभियान सञ्चालन हुने बताए। दोस्रो चरणअन्तर्गत भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप बालबालिकालाई दिइनेछ।

स्वास्थ्य कार्यालयले त्यसअघि यही साउनभित्रैमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोपको थप मात्रा ९बुस्टर० दिने तयारी थालेको छ। जिल्लाको बागलुङ, जैमिनी, गलकोट नगरपालिका, काठेखोला, बरेङ र ताराखोला गाउँपालिकाका सो उमेर समूहका बालबालिकालाई साउन २० र २१ गते खोपको थप मात्रा दिइनेछ।

यस्तै ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकाका बालबालिकालाई साउन २५ र २६ गते खोपको थप मात्रा दिइने खोप सुपरभाइजर खत्रीले जानकारी दिए। स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि व्यवस्थापकीय तयारीका काम अघि बढेको बताए।

बर्सातका कारण यातायात सहज नहुँदा गाउँगाउँमा खोप ढुवानी गर्न र सुरक्षित भण्डारणका लागि चुनौती थपिएको उनको भनाइ छ। कोभिड–१९ को सम्भावित नयाँ लहरको जोखिमबाट बचाउन पनि बालबालिकालाई छिटो खोप दिनुपर्ने स्थिति छ।

Awareness by SKF

हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट जोगिएका र खोप नपाएका बालबालिका नयाँ भेरियन्टको जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन्। कोभ्याक्स कार्यक्रममार्फत अमेरिकाको सहयोगमा नेपाल आएको फाइजर खोप बालबालिकालाई दिन लागिएको हो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया