Clean Water Campaign

Awareness Campaign

हर्क साम्पाङलाई भेट्न धरानमै पुगे मन्त्री मेटमणी चौधरी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका हर्क साम्पाङलाई शहरी विकास मन्त्री मेटमणी चौधरीले धराननै पुगेर भेट गरेका छन्।

आफु मेयर हर्क साम्पाङको काम बाट धेरैनै प्रभावित भएको भन्दै मन्त्री चौधरीले राम्रो काम गर्ने मान्छेलाई उडाउँनेहरु भए पनि सपना देखेर लागे पछि अवश्य सफल भइनेछ भनेका छन् । आफुले पनि मेयर साम्पाङका गतिविधीहरुलाई नजिकबाट हेर्ने गरेको र धैरैनै प्रभावित भएको उनले भनेका छन्।

मन्त्री चौधरीले मेयर साम्पाङको खुलेर प्रशंसा गरेका छन् । चुनावमा भोट माग्दा पनि कोही मान्छे नदेखिने तर चुनाव जित्ने त्यस्तो अद्भुत मान्छे उहाँ हुनुहुन्छ भन्दै चौधरीले प्रशंसा गर्दा उपस्थित सबै गलल हाँसेका थिए । चौधरीले साम्पाङको खुबै तारिफ गर्दै काठमाडौँ भ्रमणको निम्तो पनि दिएका छन् ।

सिंचाई
Forest
Ad.

मन्त्री चौधरीले साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । धरान उपहानगरमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले मेयर साम्पाङको तारिफ गर्दै भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ, त्यसको कारण म उहाँको इमानदारी र प्रतिबद्धता पाउँछु।

मान्छेहरू राम्रो गर्छुभन्दा उडाउँछन् । हाँसोको विषय बनाउँछन् । तर, मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि । मेयरसापले जुन अठोट लिनुभएको छ, त्यो अवश्य पूरा हुनेछ।’ चौधरीले अगाडी भनेका छन्।

अधिकांश समय मेयर साम्पाङको तारिफमा खर्चिएका मन्त्री चौधरीले उनबाट नेपाली समाजले मात्र नभई अन्य समाजले पनि सिक्नुपर्ने चर्चा गरे । ‘मेयरसापले सुरु गर्नुभएका सबै योजनामा मेरो पूरै सहयोग रहनेछ।

खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन म उहाँलाई निम्तो गर्छु।’ मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आउँ त मन्त्रीज्यू जवाफमा मन्त्री चौधरीले छिट्टै आउन आग्रह गरे। उनले धरानमा रहेको खानेपानी र बसपार्कको समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया