Smoking Causes Cancer

जून तारा र सुनकोसी एफएमको सहकार्यमा कार्यक्रम ‘मनभित्र गुम्सिएका भावनाहरु’ ल्याइने (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

ओझेलका खबर संवाददाता: जून तारा साहित्य समाज र सामुदायिक रेडियो सुनकोसी एफ एम ९० मेगाहर्जको सहकार्यमा हरेक हप्ताको आइतबार राति ९:१५-१०:०० बजे सम्म कार्यक्रम मनभित्र गुम्सिएका भावनाहरु सञ्चालन हुने भएको छ।

‘नेपाली साहित्यको उत्थान सर्जकको सम्मान, जून तारा साहित्य समाजको छुट्टै पहिचान’ भन्ने नारालाई आत्मसात गर्दै २०७६ साल देखि सञ्चालनमा आएको जून तारा साहित्य समाजले विभिन्न समयमा विभिन्न अनलाइन कार्यक्रम प्रतियोगिता र पुस्तक सम्म प्रकाशित गरिसकेको छ।कार्यक्रम सुनकोसी एफ एम र जून तारा साहित्य समाज युट्युब च्यानलबाट प्रस्तोता दिलिप कुमार श्रेष्ठ को साथमा सुन्न सकिन्छ।

कार्यक्रमको लागि रचना जून तारा साहित्य समाजको मेसेज बक्स,कार्यक्रम सञ्चालक तथा प्रस्तोता दिलिप कुमार श्रेष्ठ को मेसेज बकस र जून तारा साहित्य समाजको महासचिव श्याम कुमार श्रेष्ठ को मेसेज बक्समा शनिबार राती १० बजे सम्म पठाइसक्नु पर्नेछ।

सिंचाई
Forest
Ad.

उत्कृष्ट रचना छनोट गरेर टप ३ भित्र पर्नुहुने सहित्यकार लाई प्रमाणपत्र प्रदान गरिने छ।

रचना पठाउँदा शुद्ध नेपाली भाषामा र आफ्नो नाम ठेगाना स्पष्ट लेख्नु पर्नेछ।कसैको रचना कपि वा चोरी गरेको पाइएमा उक्त रचनाको जवाफदेही स्वयम् सर्जक आफै हुनुपर्ने संस्थाका महासचिव श्याम कुमार श्रेष्ठ ले जानकारी दिनुभएको छ।

वाचन गरिएको रचना ओझेलका खबर डटकममा समेत राखिने छ।

भिडियो हेर्नुहोस्:

Awareness by SKF


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया