काठमाण्डौं: प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकाल चुनावी अभियान थालेका छन्। शनिबार देउवाको गाउँबाट चुनावी अभियान थालेका हुन्।
देउवालाई हराएर आफू जित्ने दाबी गर्दै ढकालले शनिबार देउवाको गाउँ रुवाखोला पुगेर देउवाका आफन्त तथा स्थानीयहरुसङ्ग मत मागेका छन्। ५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकाल पेशाले इन्जिनियर हुन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको छन्।
संसदीय निर्वाचनमा ‘थोरै नयाँ होइन पुरै नयाँ’ अभियानसहित तीन वटा मु द्दा लिएर अगाडि बढेको बताए । जसमा वातावरण विकाससँगै संस्कार संस्कृति, युवाहरूको प्रत्यक्ष नेतृत्व बुवाआमाबाट सल्लाह, हजुरबुबा हजुरआमाहरूलाई स–सम्मान आराम र विकास र संविधानमा उल्लेख गरिएका बुँदाहरू कार्यान्वयन छन् ।
शेरबहादुर देउवालाई आराम दिन डडेलधुरा आएको उनी बताउँछन् । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतलाई आराम दिन देशभरि युवा उठाउने अभियान सुरु गरेको उनको भनाइ छ ।
‘शेरबहादुरहरूलाई स–सम्मान आराम दिने हो । उहाँहरूले धेरै मेहनत गर्नु भयो । हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’ उनले भने, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो । उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो। अब सल्लाह दिने काम गर्नुहुन्छ।
’ व्यवस्था पाइसकेकाले अवस्था परिवर्तन गर्ने समय आएको उनको भनाइ छ । डडेलधुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी दिएको उनले बताए । सांसद बन्नको लागि मात्रै हो भने शिक्षित सहरबाट चुनाव लड्न सक्ने उनको तर्क छ । डडेल्धुरामा मात्रै आगो बाल्न सके देशभरि फैलिन सक्ने उनको दाबी छ ।
उनी भन्छन्, ‘१६५ क्षेत्रबाटै युवा उठे । तर, म डडेलधुराबाट हारे भने अन्य ठाउँबाट त जित्छन्, म हार्नु ठूलो कुरा होइन देशले जित्नु पर्छ । म देउवालाई हराउन आएको होइन । ४०/५० देशलाई कसरी हाँक्नु पर्दछ भन्ने भिजन ल्याएर आएको हुँ ।’ पाहुनालाई माया गर्ने नेपालीको संस्कार भएकोले त्यो माया पाउने उनको अपेक्षा छ । उनले डडेल्धुराको युवालाई गुल्मीबाट उठ्नसमेत आग्रह गरे। देशको मुद्दा लिएर जसले जहाँबाट उठे पनि हुने उनको तर्क छ।
डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी क्षेत्र हो । बुधबार बस चढेर उनी डडेल्धुरा पुगेका हुन् । ढकाल पेसाले इन्जिनियर हुन् । उनी आफैले पनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको बताएका छन् ।