Hi-Speed Computer

Awareness Campaign

गृह जिल्ला गुल्मी पुगेर राम कुमारीले भनिन्, ‘गठबन्धन आगामी निर्वाचन सम्म कायम रहन्छ’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: पूर्वमन्त्री रामकुमारी झाँक्रीले अहिलेको सत्ता गठवन्धन सघं र प्रदेशको निर्वाचनसम्म कायम रहने बताएकी छन। शनिवार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको तेस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री रामकुमारी झाँक्रीले यस्तो वताएकी हुन।

पार्टी केन्द्रीय सचिव समेत रहेकि झाँक्रीले हिजो स्थानीय तहको निर्वाचन कतिपय स्थानमा गठवन्धन राम्रोसँग हुन नसक्दा पराजित भएको स्मरण गर्दै उनले हिजोका कमि कमजोरीलाई सुधारेर गठवन्धनलाई थप वलियो वनाएर जाने गरि गृहकार्य भैरहेको बताईन।

अहिले केन्द्रमा ७७ जिल्लावाट प्रतिनिधि सभा निर्वाचनमा कुन पार्टीको को उम्मेदवार, प्रदेश सभामा कुन पार्टीको कुन उम्मेदवार वनाएर जादाँ गठवन्धनले विजयी हाशिल गर्छ भन्ने छलफल भैरहेकाले पनि निर्वाचनसम्म यो गठवन्धन थप वलियो भएर जाने कुरामा कुनै शंका नगर्न रामकुमारी झाँक्रीले कार्यकर्तालाई निर्देशन समेत दिईन।

Forest
Forest
Ad.

म तपाईंहरुलाई आग्रह गर्न चाहान्छु उनले भनिन् “सघं प्रदेशको निर्वाचनमा गठवन्धनवाट गुल्मीमा समाजवादी पार्टीको सदस्यता लिएको व्यक्ति कुनै निर्वाचन क्षेत्रमा उम्मेदवार वन्छ,गठवन्धनका उम्मेदवारलाई विजयी वनाउने अभियान शुरु गर्नुस “।

वैठकमा गुल्मी जिल्लाका १२ स्थानीय तहका नेताहरुले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनदेखि अहिले पार्टी सगंठन निर्माण ,परिचालन र भावि रणनीति समेतका वारेमा समेत रिपोर्टिङ गरेका थिए । जिल्ला अध्यक्ष नरेशकुमार भण्डारीको अध्यक्षता रहेको वैठकमा पार्टी जिल्ला गणेश खनाल,सह ईन्चार्ज गणेश विश्वकर्मा, अनेमसघं केन्द्रीय सदस्य निर्मला राउत पोखरेल, केन्द्रीय परिषद सदस्य नरेन्द्र किरण ठकुरी, श्रीराम महत, कमला वराल, समाजवादी प्रेस सगंठन लुम्बिनी प्रदेश अध्यक्ष शिव सुवेदी लगायतका नेताहरुले वैठकलाई सम्बोधन गरेका थिए। बैठकको सञ्चालन जिल्ला उपाध्यक्ष राममल्ल ठकुरीको रहेको थियोे। गुल्मी अपडेट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया