Smoking Causes Cancer

बागलुङकी रेनु जसले बुवाको मृत्युपछि कपाल मुण्डन गरेर काजकिरिया सुरु गरिन्



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बागलुङ: मृत्यु संस्कारमा छोरा नै चाहिन्छ भन्ने पराम्परा र धार्मिक मान्यताभन्दा एककदम अघिबढेर प्रेमकुमारी श्रीस ‘रेनु’ले आफ्नो बुवाको अन्त्येष्टि र किरियाकर्म गरेकी छन्।

आइतबार अपरान्ह घरमै निधन भएका बागलुङ बडिगाड गाउँपालिका वडा नं. २ का ५८ वर्षीय दुर्गाबहादुर श्रीसमगरको २५ वर्षीया माहिली छोरी प्रेमकुमारीले बुबाको अन्त्येष्टिसँगै कपाल मुण्डन गरेर काजकिरिया सुरु गरेकी हुन्।

मृतक श्रीसका माहिली छोरी प्रेमकुमारीले परम्परा तोड्दै समाजमा मर्दापर्दा छोरा नै चाहिन्छ भन्ने पुरानो संस्कृतिविरुद्ध विद्रोह गर्दै युवा पिँढीलाई नयाँ सन्देश दिएको भन्दै उनका कान्छा मामा जित बहादुर श्रीसले माहिली भान्जी ‘रेनु’ नयाँ पुस्ताका लागि खुला किताब बन्न सफल भएको बताए।

सिंचाई
Forest
Ad.

यस्तै समीक्षा पुनमगरले साहसी दिदी भन्दै रेनु श्रीसलाई हिम्मतका साथ अन्धो समाजको अगाडि कहिल्यै शीर नझुकाउन सुझाएकी छन्।

पुनले सामाजिक सञ्जालमै लेखेकी छिन्, “यो समाजमा छोरा नै चाहिन्छ भन्नेहरूको अगाडि एक साहसी छोरी भएर आफ्नो कर्तव्य पूरा गर्दै हिम्मतका साथ बाबाको काजकिरिया पूरा गर्दै हुनुहुन्छ, दिदी हजुरको हिम्मत अनि हजुरप्रति रहेको काधको जिम्मेवारीलाई यो अन्धो समाजको अगाडि कहिले पनि शिर नझुकाउनु!” बडिगाड अनलाइनमा खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया