Awareness

गुल्मीमा तीन बर्षमा २४३ जनाले गरे आत्महत्या

अपराध खबर

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीमा पछिल्लो तीन बर्षमा २४३ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय, गुल्मीका अनुसार आर्थिक बर्ष २०७६/७७ देखि हालसम्म उक्त संख्यामा आत्महत्या गरेका हुन्। झुण्डी आत्महत्या, आत्महत्या दुरुत्सान, विष सेवन गरेर, पानीमा डुबेर एवम् हाम फालेर मानिसहरुले आत्महत्या गरेका छन्।

सबैभन्दा धेरै तीन बर्षमा २११ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै आत्महत्या दुरुत्सानबाट चार, बिष सेवन गरी २४, पानीमा डुबेर तीन एवम् हाम फालेर एक जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव राज खरेलले जानकारी दिए ।

Get Vaccinated

आर्थिक बर्ष २०७६/७७ मा ७८ जनाले आत्महत्या गरे। जसमा झुण्डीएर ६७, विष सेवन गरी नौ एवम् पानीमा डुबेर र हाम फालेर एक/एक जनाले ज्यान गुमाएका छन् । आ.व. ०७७/७८ मा ९८ जनाले आत्महत्या गरे । जसमा झुण्डीएर ८६, आत्महत्या दुरुत्सानबाट चार, विष सेवन गरी सात र पानीमा डुबेर एक जनाले देह त्याग गरेका छन्। चालु आर्थिक बर्षको हालसम्म ६७ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डीएर ५८, बिष सेवन गरी आठ एवम् पानीमा डुबेर एक जनाले आफ्नै ज्यान गुमाएको खरेलले बताए।

तनाव व्यवस्थापन गर्नुपर्ने

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीम बहादुर दाहालले मानिसले तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याको स्थितिमा पुग्ने बताए । गुल्मीमा घरेलु हिसां एवम् तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याको दर बढेको भन्दै उनले त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताए। त्यसको लागि जनचेतनामा वृद्धि गरी राज्यका सबै निकायले ध्यान दिनुपर्ने दाहालको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *