Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा कोरोना संक्रमण दर बढ्दो, परीक्षण प्रयोगशाला बन्द



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः गुल्मीमा दैनिक रुपमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ। तर गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने बन्द छ।

विगतमा जिल्लाका १२ वटै स्थानीय तहहरुले रकमको जोहो गरेर जनतन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभाबका कारण विगत एक बर्षदेखी बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।

अहिलेकै अवस्थामा कोरोना परीक्षण प्रयोगशाला संचालन गर्न नसकिने उनको भनाई छ । परीक्षण प्रयोगशाला संचालनका लागि लागत र जनशक्ति बढी लाग्ने भएकाले संचालन गर्नमा कठिन रहेको पच्याकोे दाबी छ ।

Forest
Forest
Ad.

परीक्षण प्रयोगशाला संचालन गर्न नसकिने भएकाले त्यसको विकल्पमा एन्टिजेन परीक्षण नै उत्तम भएको पच्याले बताए । छिटो ,छरितो र सरल तरिकाले एन्टिजेन परीक्षण गर्न सकिने , बढी समय पनि नलाग्ने र भरपर्दो भएको पच्याले दाबी गरे ।

केन्द्रिय स्तरमा गुल्मेली शक्तिशाली नेताहरु प्रदीपकुमार ज्ञवाली,चन्द्रभण्डारी, सुदर्शन बराल , गोकर्णराज बिष्ट र रामकुमारी झाँक्रीको जिल्लामा कोरोना परीक्षण प्रयोगशालाले स्थायीत्व नपाउनु दुःखद भएको गुल्मेलीहरुले बताउँदै आएका छन् ।

जिल्लामा रहेको सम्पतीको संरक्षण र संचालन गर्नु सबैको दायित्व भएकाले जिम्मेबारीबाट कोही पनि पन्छिन नहुने नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।

गुल्मी अस्पताललाई मात्रै भार बोकाउन नहुने भन्दै यहाँका स्थानीय तह , प्रदेश र संघ सबैको सहयोगले परीक्षण प्रयोगशाला संचालनमा ल्याउनुपर्नेमा पाण्डेले जोड दिए ।

Awareness by SKF

दीर्घकालिन सोचका साथ काम नगर्दा र योजना नवनाउदा समस्या आउने गरेको पाण्डेको भनाई छ ।

जिल्लामा अहिले सक्रिय संकमितको संख्या ४९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

संक्रमणका कारण जिल्लामा २८८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए ।

कोरोना परीक्षण प्रयोगशालाको तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।

परीक्षण प्रयोगशालाको भवनमा वडा कार्यालय बस्ने तयारी

यता कोरोना परीक्षण प्रयोगशाला बन्द भएपछि रेसुङगा नगरपालिकावडा नम्वर ९ को कार्यालय बस्ने तयारी गरेको वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।

परीक्षण प्रयोगशाला पनि बन्द भएको र वडा कार्यालय भाडामा बस्नुभन्दा सो कार्यालयमा बस्नु नै उत्तम हुने उनको भनाई छ । परीक्षण प्रयोगशाला रहेको भवनको माथिल्लो तलामा बस्ने गरी तयारी गरेको र सरसफाइको काम भइरहेको पाण्डेले बताए ।

बिस्तारै सो भवनलाई नगरपालिकाको कुनै शाखा राख्ने र सेवा प्रवाह गर्ने सोचमा आफूहरु रहेको पाण्डेले दाबी गरे ।

सो भवन तत्कालिन महिला तथा बालबालिका कार्यालयको भवन रहेको थियो । सो कार्यालय बन्दै गर्दा २०७५ सालमा जिल्ला महिला तथा बालबालिका कार्यालय नै खारेज भएको थियो।

अहिले महिला तथा बालबालिका सम्बन्धी कार्य स्थानीय तहको महिला तथा बालिबालिका शाखाबाट प्रदान गर्दै आएको रेसुङगा नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख कल्पना पाण्डेले जानकारी दिइन्। खबर मार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया