Awareness

एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड रुपैयाँ

अर्थ खबर

Place for ads

काठमाडौं: गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकको खुद नाफा ५१.९८ प्रतिशतले ले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो।

Get Vaccinated

बैंकको खुद ब्याज आम्दानी ३१ दशमलव ९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा ३९.१७ प्रतिशतले ले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा थियो। प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *