Smoking Causes Cancer

लुम्बिनी प्रदेश आत्महत्याको ‘डेन्जर जोन’: एक वर्षमै हजार बढीले फाले ज्यान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, बुटवल: आत्महत्या घटनामा लुम्बिनी प्रदेश ‘डेन्जर जोन’ अर्थात् खतराको सूचकका रुपमा देखा परेको छ। यस प्रदेशका १२ वटा जिल्लामा आर्थिक वर्ष २०७८ को श्रावण १ गते देखि आर्थिक वर्ष २०७९ को असार मसान्त र थप श्रावण ४ गते सम्म गरि एक हजार भन्दा बढि मानिसहरुले आत्माहत्या गरेका छन् । यस अवधीमा १ हजार ४४ जनाले झुण्डिए आत्मा हत्या गरेका छन् । विस सेवन गरि १२८ जना र अन्य विभिन्न सहित कुल १ हजार २६८ जनाले आत्माहत्या गरेका छन्।

विभिन्न आपराधिक घटना जस्तै आत्मा हत्याका घटनाको संख्या पनि तराईका जिल्लामा बढि छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक बीरदत्त पन्तले दिएको विवरण अनुसार यस अवधीमा रुपन्देहीमा झुण्डिएर आत्मा हत्या गर्नेको संख्या १९८ जना पुगेको छ । विस सेवन गरि ५३ जना , हाम्फालेर १ जना , आगो लगाई २ जना , हतियार वा औजार प्रयोग गरि १ जना सहित रुपन्देहीमा कुल २५५ जनालेआत्मा हत्या गरेका छन् ।

नवलपरासी ( पश्चिम ) मा झुण्डिएर ७६जना , विस सेवन गरि २१ जना , आगो लगाई ३ जना सहित १०० जनाले आत्मा हत्या गरेका छन् । कपिलवस्तुमा झुण्डिएर ११५ जना, विष सेवन गरि ४६ जना , आगो लगाई ३ जना सहित १६४ जनाले आत्मा हत्या गरेका छन् ।

सिंचाई
Forest
Ad.

दाङमा १४७ जना झुण्डिएर , विष सेवन गरिर ३८ जना र पानीमा डुबेर १ जना आगो लगाई २ , हाम्फालेर १ जना सहित १८९ जनाले आत्मा हत्या गरेका छन् । बाँकेमा ४७ जना झुण्डिएर , ६ जना विष सेवन सहित ५३ जनाले आत्मा हत्या गरेका छन् ।

बर्दियामा झुण्डिएर १३६ जना , विष सेवन गरि १७ जना , हाम्फालेर १ जना र आगो लगाई १ जना सहित १५५ जनाले आत्मा हत्या गरेका छन् । गु्ल्मीमा झुण्डिएर ६१ जना, विष सेवन गरि ८ जना , औजार प्रयोग गरि १ जना, हाम्फालेर १ जना सहित कुल ७१ जनाले आत्मा हत्या गरेका छन् ।

पाल्पामा झुण्डिएर ६२ जना , विष सेवन गरि ८ जना र हाम्फालेर १ जना अगो लगाई १ जना सहित ७२ जनानले आत्मा हत्या गरेका छन् । अर्घाखाँचीमा झुण्डिएर ५३ जना , विष सेवन गरि ४ जना र औजार प्रयोग गरि १ जना सहित ५८ जनाले आत्मा हत्या गरेका छन् ।

प्युठानमा झुण्डिएर ६० जना , विष सेवन गरि ८ जना सहित ६८ जनाले आत्मा हत्या गरेका छन् । ्रुकुम (पुर्व ) मा झुण्डिए ११ जना , विष सेवन गरि १ जना र हाम्फालेर १ जना ससहत १३ जनाले हात्मा हत्या गरेका छन् । रोल्पामा झुण्डिएर ५१ जना , विष सेवन गरि १८ जना र हाम्फालेर १ जना सहित ७० जनाले आत्मा हत्या गरेका छन् । त्यसका अलवा यस अवधीमा प्रदेशभर ४१ जनाले आत्मा हत्या प्रयास गरेका थिए।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया