भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केवल दुई आत्माको नि:स्वार्थ मिलन। यस्तै एक साँचो र उदाहरणीय जोडी हुन्- धादिङका कथित ब्राह्मण समुदायका सन्तोष दवाडी र बर्दघाट नवलपरसीकी नितु परियार।
उनीहरू केहि वर्ष अगाडिदेखि प्रेममा थिए तर समाजमा वर्षौंदेखि चलिआएको छुवाछुत कुप्रथाको अगाडि उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार्न सकेनन् या चाहेर पनि आँट गर्न सकेनन्। यो प्रेमिल जोडीलाई समाज र कुप्रथा भन्दा पनि आफ्नो चोखो प्रेम महत्वपूर्ण लाग्यो। फलस्वरुप चार महिना अगाडी सँगै जीवन बिताउने वाचा सहित विवाह गरेर उनीहरू आफ्नो घरभन्दा केही पर पोखरामा बस्दै आइरहेका छन्।
अन्तरजातीय सम्बन्धले सहनशीलता र सह-अस्तित्वकाे भावना बढाँउछ भन्ने चेत हाम्रो समाजले छिट्टै पाओस्, शुभकामना! आफ्नो प्रेमको लागि जातको पर्खाल नाघ्न सक्ने यो जोडिको दाम्पत्य जीवन सफल रहोस्, शुभकामना। जातको पर्खाललाई सधैंकाे लागि भत्काउन सकियोस्, हामी सबैलाई शुभकामना! तस्वीर: पारश भट्टराई/नेपाल क्रोनिकल्स