Salime Malika Krishi Farm

Awareness Campaign

अन्तर्जातीय विवाहको सकस, परिवारले नस्वीकारेपछि भाडा लिएर बस्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भन्छन् नि साँचो र चोखो प्रेममा न त जात हुन्छ न कुनै स्वार्थ नै, हुन्छ त केवल दुई आत्माको नि:स्वार्थ मिलन। यस्तै एक साँचो र उदाहरणीय जोडी हुन्- धादिङका कथित ब्राह्मण समुदायका सन्तोष दवाडी र बर्दघाट नवलपरसीकी नितु परियार।

उनीहरू केहि वर्ष अगाडिदेखि प्रेममा थिए तर समाजमा वर्षौंदेखि चलिआएको छुवाछुत कुप्रथाको अगाडि उनीहरुको परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार्न सकेनन् या चाहेर पनि आँट गर्न सकेनन्। यो प्रेमिल जोडीलाई समाज र कुप्रथा भन्दा पनि आफ्नो चोखो प्रेम महत्वपूर्ण लाग्यो। फलस्वरुप चार महिना अगाडी सँगै जीवन बिताउने वाचा सहित विवाह गरेर उनीहरू आफ्नो घरभन्दा केही पर पोखरामा बस्दै आइरहेका छन्।

अन्तरजातीय सम्बन्धले सहनशीलता र सह-अस्तित्वकाे भावना बढाँउछ भन्ने चेत हाम्रो समाजले छिट्टै पाओस्, शुभकामना! आफ्नो प्रेमको लागि जातको पर्खाल नाघ्न सक्ने यो जोडिको दाम्पत्य जीवन सफल रहोस्, शुभकामना। जातको पर्खाललाई सधैंकाे लागि भत्काउन सकियोस्, हामी सबैलाई शुभकामना! तस्वीर: पारश भट्टराई/नेपाल क्रोनिकल्स

सिंचाई
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया