Awareness

Get Vaccinated

गुल्मीमा १ अर्ब बजेट फ्रिज



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: विगतका वर्षहरुमा असार २५ गते भित्र रकम भुक्तानीसहित सबैखाले आर्थिक कारोवार बन्द भनिने र कारोबार भने असारको अन्तिम मशान्त सम्म गरिने कुरालाई ध्यानमा राखी रकम भुक्तानी दिने र पाउने आशमा बसेका धेरै जना यसपालीको आर्थिक वर्षमा भने आशको निरास भएका छन् ।

यसपाली असार २५ गते राति १२ बजे नै सरकारले कारोवार बन्द गरी दिएपछि अर्को दिनदेखि असार मसान्तसम्म भुक्तानी लिने आशामा बसेका ब्यक्ति र संस्थाहरु आशको निरासमा परेका हुन् । त्यसको असर गुल्मीमा पनि परेको छ । जसका कारण झण्डै एक अर्ब रकम काम हुन नसकि फिज्र भएको छ । कोष तथा लेखा निरीक्षकको कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक छविन्द्र बेलबासले चालु र पुँजिगत तर्फ गरि कुल झण्डै एक अर्ब रकम काम हुन नसकी फ्रिज भएको जानकारी दिए ।

उनका अनुसार संघिय सरकारबाट चालुतर्फ ७ अर्ब ३३ करोड ९३ लाख २ हजार ५२० विनियोजित भएको थियो । जस मध्ये ७ अर्ब, २० करोड ५९ लाख ४२ हजार ७६३ खर्च भएको छ । कुल रकमको खर्च ९८।१८ प्रतिशत हुन आउँछ । त्यस शिर्षकमा १२ करोड २९ लाख १३ हजार ७०५ रुपैयाँ खर्च हुन नसकी फ्रिज गएको छ । संघ सरकारबाटै पूँजीगततर्फ १ अर्ब ७ करोड ३५ लाख २६ हजार २९० रुपैयाँ विनियोजन भएकोमा ८८।५५ प्रतिशत खर्च अर्थात ९५ करोड ६१ लख २ हजार ५८४ रुपैयाँ खर्च भएको छ ।

जुन शिर्षकमा १३ करोड ३३ लाख ५९ हजार ७५७ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । संघ बाट विनियोजित दुबै शिर्षकबाट विनियोजित रकम मध्ये कुल २५ करोड ६२ लाख ७३ हजार ४६२ रुपैयाँ काम हुन नसकी फ्रिज गएको छ । त्यस्तै प्रदेश सरकारबाट गुल्मीमा पूँजीजगत तर्फ कुल १ अर्ब ६८करोड २८ लाख ९८ हजार विनियोजन भएकोमा १ अर्ब २८ करोड ८० लाख १२ हजार ७३२ रुपैयाँ अर्थात ७६।५३ प्रतिशत खर्च भएको छ । बाँकी ३९ करोड ४८ लाख ८५ हजार २६७ रुपैयाँ काम हुन नसकी फ्रिज गएको छ ।

चालु ९ साधरण ० तर्फ ९२ करोड ७१ लख २२ हजार विनियोजन भएकोमा ७७ करोड ४९ लाख ७७ हजार ५२५ रुपेयाँ , अर्थात ८३।५० प्रतिशत खर्च भएको छ । बाँकी १५ करोड २१ लख ४४ हजार ४७५ रुपैयाँ फ्रिज गएको छ । प्रदेश सरकारबाट दुई वटै शिर्षकमा विनियोजित कुल रकम मध्येबाट कुल ५४ करोड ७० लाख २९ हजार ७४२ रुपैयाँ फ्रिज गएको छ । संघ र प्रदेश दुबै तर्फबाट कुल विनियोजित रकम मध्ये कुल ८० करोड ३३ लाख ३ हजार २०४ रुपैयाँ काम हुन नसकी राज्य कोषमा फिर्ता भएको छ ।

संघ मार्फत विनियोजित सबै भन्दा बडी रकम प्रतिशतको आधारमा फिर्ता हुने कार्यालयमा कफि विकास केन्द्र आँपचौर परेको छ ।

त्यस केन्द्रलाई संघ सरकारबाट २ करोड ९० लाख २० हजार रकम विनियोजन भएकोमा ५७।२५ प्रतिशत मात्रै खर्च भएको छ । अर्थात १ करोड २४ लाख ४ हजार ९३४ रुपैयाँ खर्च हुन नसकी फ्रिज गएको छ । त्यस्तै बढी खर्च हुन नसकेको कार्यालयमा मदन भण्डारी राजमार्ग योजना कार्यालय परेको छ । त्यस कार्यालयलाई संघीय सरकारबाट पूँजीगततर्फ ५७ करोड ९० लाख ३० हजार बजेट विनियोजन भएकोमा ८६।३७ प्रतिशत अर्थात् ५० करोड १ लाख २१ हजार ५४५ रुपैयाँ खर्च भएको छ भने ७ करोड ८९ लाख ८ हजार ४५५ रुपैयाँ खर्च हुन नसकी फ्रिज गएको छ ।

Awareness by SKF

त्यस्तै प्रदेश सरकारमार्फत विनियोजित बजेटमा सबैभन्दा राम्रो वित्तिय प्रगति गर्नेहरुमा वन र सिंचाई कार्यालय परेका छन् । वन कार्यालयले ९०।६३ प्रतिशत खर्च गरेको देखिएको छ । त्यस कार्यालयलाई प्रदेश सरकारबाट परेको ४ करोड ४३ लाख ३ हजार पूँजीगत बजेट मध्ये ४ करोड ११ लाख खर्च गरेको विवरण देखिएको लेखा अधिकृत भण्डारी बताउँछन्। त्यस्तै जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयले ९२।३१ प्रतिशत रकम खर्च गरेको छ । उसलाई प्रदेश सरकारबाट पूँजीगततर्फ २२ करोड ५७ लाख २० विनियोजन भएकोमा २० करोड ८३ लाख ५२ हजार ५४६ रुपैयाँ खर्च भएको छ ।

भण्डारीका अनुसार प्रदेश सरकारकको राजश्व १० करोड ९३ लाख ८३ हजार ७९५ रुपेयाँ १४ पैसा संकलन भएको छ । त्यस मध्ये सबै भन्दा बढि राजश्व संकलन गर्नेमा घरेलु तथा साना उद्योग विकास कार्यालय परेको छ । उसले ४१ लाख ९९ हजार ५७० रुपैयाँ राजश्व अशुल गरेको छ । संघ र प्रदेश सरकारबाट विनियोजित रकम मध्ये सरदर ८० प्रतिशत खर्च भएको जुन अन्य जिल्लाको तुलनामा गुल्मीमा यस आर्थिक वर्षमा वित्तिय प्रगति निरास लाग्दो नभएको उनको आंकलन छ । जिल्लाका १२ वटा स्थानीय तहको पालिकागत विवरण आउन भने बाँकी रहेको सो कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया