गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिका-२, हटियामा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय २६ वर्षीय लेक बहादुर पाल्पाली रहेका छन्।
हटियाबाट ठुलाचौरतर्फ जाँदै गरेको लु ६ प २०२० नम्बरको मोटरसाइकल आज दिउँसो साढे १२ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो।
दुर्घटनामा परी चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।